काठमाडौं, ८ साउन । चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँचवटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेका र किनारमा तैरिएको अवस्थामा पाँच शव भेटिएका हुन्। भरतपुर […]
मुख्य समाचार
राजेश हमाललाइ भाइ शोक, हमालका भाइ राकेशको दिल्लीमा निधन
काठमाडौँ । अभिनेता राजेश हमालका भाइको उपचारको क्रममा निधन भएको छ । अभिनेता हमालका भाइ राकेश हमाले भारतको नयाँ दिल्लीमा उपचारका क्रममा बुधबार निधन भएको हो । केही समय अगाडि राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका […]
पुष्पलालको ४२ औँ स्मृति दिवस मनाईँदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२ औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिए । उनका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । […]
खासा नजिकैको केरुङ छ्यो तालको पानीको सतह एक मिटर घट्यो
सिन्धुपाल्चोक । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो। चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई […]
बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगायो
ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ। फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए। उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो। बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको […]
विषालु सर्पले राति सुतेको बेला टोकेर मृत्यु
महाेत्तरी । विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। महोत्तरीकाे भंगहा नगरपालिका ५ सिद्धपुरका ४५ वर्षीय शम्भु माझी सरदारको बुधबार बिहान सर्पको टोकाइबाट मृत्यु भएको हाे । शारीरिक अपांगता भएका शम्भुलाई मंगलबार राति घरमै सुतेको बेला विषालु सर्पले टोकेको परिवारका सदस्यहरुले बताएका छन्। सर्पको टोकाइबाट सिकिस्त बनेका उनलाई उपचारको लागि बर्दिबास लगिएको थियो। त्यहाँ […]
त्रिभुवन विश्वविद्यालयले गर्यो आजबाट क्याम्पसहरु खोल्ने निर्णय
काठमाडौं, ७ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ […]
नेपालका पुराना कम्युनिस्ट नेता थवाङका बरमन बुढाको निधन
काठमाडौं, ७ साउन । नेपालका पुराना कम्युनिस्ट नेता बरमन बुढाको निधन भएको छ । रोल्पाको थवाङ घर भएका नेता बुढाकाे राजधानीकाे एक अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे । ९० वर्षका नेता बुढालाइ उपचारका लागि ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे बुधबार बिहान निधन भएको हो । आन्द्रामा क्यान्सर भएका उनको एक वर्षदेखि […]
१२० दिन लामो लकडाउन हट्यो, यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं, ६ साउन । कोरोना महामारीका कारण मुलुकमा जारी १२० दिन लामाे ‘लकडाउन’ मंगलबार रातीबाट अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिएका हुन् । मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि लामो […]
अक्सफोर्डका वैज्ञानिकले कोरोना भ्याक्सिन बनाएपछि आपतकालीन प्रेस मिट गर्दै डब्ल्यूएचओले दियो बधाइ
काठमाडौं, ६ साउन । अक्सफाेर्ड विश्वविद्यालयका वैज्ञानिकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बधाइ दिएकाे छ । जेनेभामा अापतकालीन प्रेस मिट गर्दै डब्ल्यूएचओले यसबाट सकारात्मक परिणाम प्राप्त भएको भएकाे जनाउँदै यसलाई स्वागत गरेको हाे । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाइसमेत दिँदै डब्ल्यूएचओले भ्याक्सिन बने पनि फैलिँदो संक्रमणका विरुद्ध लड्नका लागि अझै धेरै […]











