वहराइन राजकुमारसहित १७ जनाले मनास्लु हिमालको गरे सफल आरोहण

काठमाडौं । वहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।

यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका राजकुमार नासिर बिन हामिद अल खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्।

कोभिड-१९ माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन्।

Loading...