काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार नाघेकाे छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमले नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार […]
मुख्य समाचार
राजधानी काठमाडौँमा भेटिए एकै दिन अहिलेसम्मकै बढी १०६ कोरोना संक्रमित
काठमाडाैँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ललितपुरका ३ र काठमाडौँका १४ जना, […]
असनका तीन फेन्सी पसल सञ्चालकहरुमा कोरोना संक्रमण
काठमाडौँ । निकै भिडभाड हुने राजधानी काठमाडौँको व्यापारिक क्षेत्र असनका तीन स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ती तीनै जना राजधानीको महाबौद्धमा फेन्सी पसल चलाउँथे। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ मा उनीहरुको फेन्सी पसल रहेको क्षेत्रमा अहिले कडाइ गरिएको छ। काठमाडौँ उपत्यकाको वडा २७ मा पर्ने असन क्षेत्रमा उनीहरुको बसोबास छ। काठमाडौँ उपत्यकामा कोरोना भाइरसको […]
राजधानीका तीन जिल्लाकै सिडियोसहितको बैठकले कोरोना फैलिन नदिन गर्यो यस्ता निर्णय
काठमाडौँ । काेराेना भाइरसकाे संक्रमण समुदायस्तरमै फैलन थालेपछि राजधानीका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरुले संयुक्त बैठक बसेर निर्णय गरेका छन् । संक्रमण फैलिन नदिनका लागि अपनाउनुपर्ने उपायका बारे छलफल गर्न बसेकाे उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुसहित तीनै जिल्लाका जिल्ला समन्वय समितिको बैठकले काेराेना देखिएका स्थानहरु सिल गर्ने निर्णय गरेकाे छ […]
काठमाडौंमा एक व्यक्तिले गरे आफ्नै पत्नी र छोरीलाई स्प्रिट प्रहार
काठमाडौं, २३ साउन । घरायसी झगडामा राजधानी काठमाडौंमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीको अनुहारमा स्प्रिट हानेका छन् । काठमाडौंको चुच्चेपाटीमा बिहीबार बेलुका यस्तो घटना भएको हो । मकवानपुरको हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका करिब ४४ वर्षीय राजन विष्टले आफ्नी ४० वर्षीया पत्नी र करिब २० वर्षीया छोरीलाई स्प्रिट आक्रमण गरेका हुन्। बिहीबार बेलुका […]
अमेरिका र ब्राजिलभन्दा पनि बढी संक्रमित एकै दिनमा भेटिए भारतमा
काठमाडौं । भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित एकैदिन भेटिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा ६२ हजार एक सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यो संक्रमणदर उच्च रहेका देश अमेरिका र ब्राजिलको भन्दा पनि बढी संख्या भएको बताइएको छ । वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार ९ सय ८६ […]
सबै स्थानीय तहमा कोरोना फैलिएपछि नुवाकोटमा आजदेखि लकडाउन
नुवाकोट । कोरोना सङ्क्रमण जिल्लाका सबै स्थानीय तहमा बढेपछि नुवाकोटले आजदेखि लकडाउन गर्ने निर्णय गरेको छ । भाइरसको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र […]
अन्ततः ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा गरे हस्ताक्षर
भिडियो सेयर एप टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन्। ट्रम्पको उक्त आदेशमा ‘अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकहरू विरूद्ध […]
नेपालमा कोरोना संक्रमित पुगे २१७५०, मृत्यु संख्या ६५
काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने बिहीबार मात्रै थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै कोरोना संक्रमणबाट ६५ जनाको मृत्य भइसकेको छ भने हालसम्म १५ हजार ३ सय ८९ जना कोरोनालाई जितेर घर फर्किएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय […]
काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमित भेटिए, राजधानीमा कोरोनाबाट फेरि एक जनाको मृत्यु
काठमाडौं । राजधानी काठमाडौंमा अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन । राजधानीमा भाइरसको संक्रमण क्रमशः बढदै गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ जना संक्रमित थपिएको जानकारी दिए। यो एकैदिन उपत्यकामा थपिएको धेरै संक्रमित हो। बुधबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए। आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७५, […]









