राष्ट्रिय झण्डा जलाएको देखाएको अभियोगमा छ जना पक्राउ परेका छन् । युट्युब च्यानल मार्फत उक्त भिडिओ अपलोड गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । सोमबार मंगोल होप अफिसियल युट्युब च्यानलमा राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ अपलोड भएको थियो । त्यसको अनुसन्धानमा जुटेको प्रहरीले छ जनालाई पक्राउ गर्न सफल बहेको हो । प्रहरी प्रधान कार्यालयले हालसम्म […]
मुख्य समाचार
अछाममा बाढीको वितण्डा, ६ जनाको शव भेटियो, एकै घरका १० सहित दुई दर्जन बढी वेपत्ता
अछाम । अछामको रामारोशनमा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । बाढीमा परेर दुर्इ दर्जनभन्दा बढी वेपत्ता भएका छन भने रामाराेशन गाउँपालिकाका थुप्रै घर, पसल, पुल, बाटाेसहितका भाैतिक संरचनामा पनि ठूलाे क्षति पुर्याएकाे छ । बाढीले सैनीबजारमा ठूलाे क्षति पुर्याएकाे छ । साे ठाउँका नन्दु साउदका १० जना परिवार नै वेपत्ता […]
भक्तपुरकी कोरोना संक्रमित महिलाको आज बिहानै पाटन अस्पतालमा मृत्यु
ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार ६१ वर्षीया महिलाको आज (मंगलबार) बिहान मृत्यु भएको हो। गत साउन २१ गते पाटन अस्पतालमा भर्ना भएकी उनी भक्तपुर सूर्यविनायककी बासिन्दा रहेकाे विज्ञप्तिमा उल्लेख छ।
अदालत परिसरबाटै पूर्व सांसद गिरफ्तार
विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टीकी पोलिटब्यूरो सदस्य एवम् मेची कोशी कमाण्ड ईन्चार्ज उमा भुजेल अदालत परिसरबाटै गिरफ्तार परेकी छन् । पूर्व सांसद समेत रहेकी भुजेललाई मंगलबार साँझ सुनसरी प्रहरीले जिल्ला अदालतको परिसर बाटै पक्राउ गरेको हो । अदालतको आदेशबाट रिहा भएलगत्तै उनी पक्राउ परेकी हुन् । उनी संगै सोही पार्टीका झापा जिल्ला ईन्चार्ज […]
भोलिदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए । अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी […]
रहेनन् राष्ट्रकवि घिमिरे : आफ्नै देशमा मर्ने इच्छा पूरा
भक्तपुर, २ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षको उमेरमा मंगलबार साँझ उनकाे निधन भएकाे हाे । ५ बजेर ५५ मिनेटमा निवासमै उनकाे निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । उनी स्वासपश्वाससम्बन्धी समस्याबाट ग्रसित थिए । विं सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा उनको जन्म भएको थियो […]
कोरोनाबाट थप चार जनाको मृत्यु
काठमाडौँ । कोरोना भाइरसको संक्रमणले ललितपुर, बाँके, कास्की र काभ्रेमा थप ४ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । ती पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । गत साउन ३० गते पाटन अस्पतालको भेन्टिलेटरमा उपचारत रहेका उनको आज […]
सिंहदरबार अगाडि गृहमन्त्रीको स्कर्टिङमा रहेको गाडीले ठक्कर दिँदा दुई महिला घाइते
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलको स्कर्टिङमा रहेको एक गाडिले ठक्कर दिएर दुुई जनालाइ घाइते बनाएकाे छ । मंगलबार बिहान सिंहदरबारको पश्चिमगेट नजिक प्रहरीको गाडीको ठक्करबाट स्कुटरमा सवार दुुई महिला घाइते भएका हुन । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले बा १ झ ५५ ५४ नम्बरको प्रहरी प्रधान कार्यालयबाट मन्त्री निवासमा स्कर्टिङका लागि गइरहेको गाडीले ठक्कर […]
कुटिकुटि उन्नाइस वर्षीया गर्भवतीलाई गरियो हत्या, हत्या आरोपमा श्रीमान र सासू पक्राउ
सिराहा । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो। करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा […]
एउटै बाहिनीका ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण
चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ। यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले […]









