बृहत नागरिक आन्दोलनले घोषणा पत्र जारी गरेको छ। शुक्रबार आन्दोलन अन्तर्गतको ‘टुँडिखेल मार्च पास’मा भएको नागरिक घोषणा सभामा घोषणा पत्र जारी गरिएको हो। अधिकारकर्मी जेबी विश्वकर्माले सो घोषणा पत्र वाचन गरी जारी गरेका थिए। घोषणापत्रमा लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गर्ने उल्लेख गरिएको […]
मुख्य समाचार
प्रदेश २ को प्रमुखमा परियारको पदमुक्ति लगत्तै राजेश झा नियुक्त
काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुख तिलक परियारलाई बर्खास्त गरेर अर्का प्रमुख नियुक्त गरेकी छन् । शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुख परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकी हुन्। मन्त्रिपरिषदले परियारको बर्खास्तगी र झाको नियुक्तिका लागि कहिले सिफारिस गरेको थियो भन्ने यकिन छैन। राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ […]
राष्ट्रपति भण्डारीले गरिन प्रदेश २ का प्रमुख परियारलाई पदमुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुखलाई पदमुक्त गरेकी छन्। प्रदेश २ को प्रमुखमा तिलक परियार रहेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। संविधानको उक्त धारामा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको […]
संसद विघटनविरुद्धको मुद्दामा बहस सकियो, निर्णय सुनाउने मिति अझै तोकिएन
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० फागुनसम्म […]
अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालत पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दाको जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्। प्रधानमन्त्री ओली आफैँ लिखित जवाफ लिएर बिहीबार बिहान ११.४५ बजे सर्वोच्च अदालत पुगेका हुन्। प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ तथा संसद् विघटनविरुद्ध भइरहेको बहसलाई ‘तमासा’ भनेका कारण उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा गत […]
असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो […]
नेपालमा आपतकालीन प्रयोग गर्न चिनियाँ खोपलाई अनुमति
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चीनले उत्पादन गरेको खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको भेरोसेल नामक खोपलाई सरकारले अनुमति दिएको हो । ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले जारी गरेको सूचनामा १६ जनवरी, […]
एक अर्ब मूल्यको जग्गा बिक्री गर्दै ग्लोबल आईएमई बैंक
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्र्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता […]
जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु
एजेन्सी । जापानमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् । खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ । अन्य प्राथमिकतामा परेकाहरुलाई त्यसपछि क्रमशः लगाउँदै जाने अधिकारीहरुको भनाइ छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाउन थालिएको हो । राजधानी […]
प्रहरीले यसरी पत्ता लगायो भागरथी हत्यामा सम्लग्नलाई, दिनेशको सनसनीपूर्ण बयान
काठमाडाैं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको ह’ त्या आरोपमा पक्राउ परेका किशोरले ढुकेर उनको ह’त्या गरेको खुलेको छ। बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बला’त्कार तथा ह’त्या आरोपीबारे जानकारी दिएको हो। सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले ती किशोरले ह’त्या गर्न भागरथीलाई अगाडि नै […]










