अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालत पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दाको जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्।

प्रधानमन्त्री ओली आफैँ लिखित जवाफ लिएर बिहीबार बिहान ११.४५ बजे सर्वोच्च अदालत पुगेका हुन्।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ तथा संसद् विघटनविरुद्ध भइरहेको बहसलाई ‘तमासा’ भनेका कारण उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

सोही आदेश बमोजिम प्रधानमन्त्री अदालतमा उपस्थित भएको ओली नेतृत्वको नेकपाका नेता सुवास नेम्वाङले जानकारी दिए।

Loading...