सेरेनालाई हराउँदै जापानी खेलाडी नाओमी ओसाका फाइनलमा

एजेन्सी । जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।

मेलबर्नमा बिहीबार भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओसाका उपाधि नजिक पुगेकी हुन् । तेस्रो वरीयताकी ओसाकाले दशौँ वरीयता प्राप्त सेरेनाविरुद्ध ६-३ र ६-४ को सेटमा जित निकालिन ।

सात पटकको च्याम्पियन सेरेनाविरुद्ध ओसाकालाई जित निकाल्न कठिन भएन । अब ओसाकाले फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग खेल्ने छिन् । ओसाका दोस्रो पटक अष्ट्रेलियन ओपन जित्ने योजनामा रहेकी छिन् । यस अघि ओसाकाले सन् २०१९ मा उपाधि जितेकी थिइन् ।

यता, सेरेनाको भने कीर्तिमानी २४ औं पटक ग्राण्डस्लाम जित्ने योजना पुन: असफल भएको छ । सेरेनाले हालसम्म २३ ग्राण्डस्लाम उपाधि जितिसकेकी छिन् ।

अब एक ग्राण्डस्लाम उपाधि जितेका सेरेनाले मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४ ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गर्ने छिन् ।

Loading...