मलेसियामा बाढीबाट २७ को मृत्यु, ७० हजार जना विस्थापित

एजेन्सी । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । अल जजिराका अनुसार बाढीबाट सबैभन्दा धेरै सेलंगार राज्य प्रभावित भएको छ । सो राज्यमा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । यस्तै पेहांग राज्यमा ७ जनाको मृत्यु […]

सर्वोच्च अदालत परिसरमा नारा जुलुस नगर्न निर्देशन

  पुष ६,काठमाडौँ। सर्वोच्च अदालत प्रशासनले सर्वोच्च परिसरमा नारा जुलुस नगर्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन गरेको डेढ महिनापछि सर्वोच्च प्रशासनले एस्तो निर्देशन दिएको हो। कात्तिक १६ गतेदेखि प्रधान न्यायाधिश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सर्वोच्चको मुल गेटमै धर्ना दिँदै आएका कानुन ब्यबसायीले यस अघि कालोपट्टी बाँधेर […]

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह आज

काठमाण्डौ, पुस ५। त्रिभुवन विश्वविद्यालयले आज ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने छन् । दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार […]

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय विद्यार्थी नेता निर्वाचित

काठमाण्डौ, पुस ५ । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेको बीबीसीले जनाएको छ । हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएका […]

एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने

पुष ५, काठमाडौँ। संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । नेपालको ऊर्जा र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) कम्प्याक्ट सम्झौता गरेको चार वर्ष पूरा भइसक्दा पनि दलहरूबीच मतभेद र अनन्य राजनैती दलहरुबात यस बिरुद्द […]

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

४ पुस, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठक अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले) […]

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी निलम्बित,छानविन गर्न समिति गठन

पुष २,काठमाडौँ । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी निलम्वित भएका छन्। बोर्ड सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँ माथि छानविन गर्न समिति गठन गरि उहालाई निलम्बन गरेका हुन्  । यसै गरि संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव तथा बोर्ड सञ्चालक समितिका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम […]

पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको कुरा प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

पुष १ , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने नेकपा एमाले अध्क्षय केपी ओलीले लगाएको आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो र मन गणन्ते भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच […]

महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाटै राजिनामा दिए मिनेन्द्रले

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाटै राजिनामा दिएका छन् । डा. रिजाल डा. शेखर कोइराला प्यानलमा रहेर महामन्त्री पदमा उम्मेदवार भएका थिए । रक्षामन्त्री रहेका रिजालले पार्टीभित्र आफ्नो अवस्थाबारे अवगत भएको भन्दै विहीबार रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्रीलाई एक पत्र लेख्दै पार्टीमा आफ्नो अवस्था […]

गगन र विश्वप्रकाश महामन्त्रीमा निर्वाचित, कांग्रेस भित्रको बेथिति हटाउने गगन थापाको अठोट

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् । थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् । महामन्त्री पदका लागि थापा र शर्मासँगै डा. प्रकाशशरण […]