सर्वोच्च अदालत परिसरमा नारा जुलुस नगर्न निर्देशन

 

पुष ६,काठमाडौँ। सर्वोच्च अदालत प्रशासनले सर्वोच्च परिसरमा नारा जुलुस नगर्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन गरेको डेढ महिनापछि सर्वोच्च प्रशासनले एस्तो निर्देशन दिएको हो।
कात्तिक १६ गतेदेखि प्रधान न्यायाधिश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सर्वोच्चको मुल गेटमै धर्ना दिँदै आएका कानुन ब्यबसायीले यस अघि कालोपट्टी बाँधेर बारको प्राङ्गण धर्ना दिँदै आएका थिए।
प्रधानन्यायाधीशको निर्देशनमा सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलाई फोन गरेर सर्वोच्च पसिरमा नारा नलगाउन र मुल गेटमा धर्ना नदिन भन्नुभएको हो । तर कानुन व्यवसायीले मंगलबार पनि सर्वोच्च परिसरमै नारा जुलुस गरेर आन्दोलन लाइ निरन्तरता दिए ।
राणालाइ पदमुक्त गराउन आन्दोलनरत कानुन ब्यबसायीले विभिन्न दल गुहारे पनि कुनै दल बात सकारात्मक  सहयोग भने पाएनन् ।

Loading...