प्रतिनिधि सभाको बैठक आज बस्दै

पुष ६ ,काठमाण्डाै। प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकका लागि सभामुख अग्नि सोअकोताले बैठकमा पेस गर्ने कार्यसूची तय गर्न बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । गएको मङ्गलवार बसेको बैठक प्रमुख प्रतिपक्षि एमालेको अवरोधका कारण आज बस्ने गरी स्थगित भएको थियो ।

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालले विरोध गर्दै आएको छ । संसद्को अवरोध खुलाउन सत्तागठबन्धनले निरन्तर प्रयास गर्दै आएको छ । आज बस्ने बैठमा एमालेले अवरोध गर्ला या निरन्तरता देला भन्ने तुन्गोप लागी सकेको भने छैन।

यसै गरि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठकमा संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्ष दल एमालेलाई आह्वान गर्नुभएको थियो ।

Loading...