काठमाडौँ । ग्यास बुलेट ट्याङ्करको ठक्करबाट काठमाडौँमा मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास […]
मुख्य समाचार
फिफा विश्वकप फुटबलको ‘ड्र’ आज
काठमाडौँ । फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ आज शुक्रबार हुँदैछ । कतारको दोहामा २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकपका लागि आज राति पौने १० बजे समूह विभाजन ‘ड्र’ गरिने आयोजक फिफाले जनाएको छ । विश्वकपका लागि २९ राष्ट्र छनोट भइसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ । ३२ राष्ट्रलाई […]
गैँडाकोटका कृषक समूहलाई बाख्रा वितरण
गैँडाकोट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ । नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो । नगरपालिकाले वडा नं ३ को ढोडेनीमा समूह गठन गरेपछि बिहीबार उन्नत जातका बाख्रा वितरण गरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा प्रमोदकुमार पौडेलले बताए । पौडेलकाअनुसार चार […]
स्थानीय आवश्यकतामा गठबन्धनसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय, एमालेसँग च्याप्टर क्लोज
काठमाडौँ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने नीतिगत निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता महतले निर्णय कार्यान्वयनका लागि केन्द्रदेखि तल्लो तहसम्मै संयन्त्र बनाइने बताए। कांग्रेसको प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रले स्थानीय अवस्था […]
अब इन्धनले चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न पाइने
काठमाडौँ । नेपालमा अब पेट्रोलियम पदार्थले चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न पाइने भएको छ। सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको हो। सरोकारवालाले पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने कानुनी व्यवस्था गर्न माग गर्दै आइरहेका बेला सरकारले सबै गाडीलाई वातावरणमैत्री हुने गरी फेरबदल गर्न स्वीकृति दिएको छ। हाल […]
साधारण तारेखमा रिहा गर्न माग गर्दै पल शाह पुगे पोखरा उच्च अदालत
काठमाडौँ । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आफूलाई साधारण तारेखमा राखी पाउँ भनी अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बसहपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले तत्काल पुर्पक्षका लागि थुनामा पठाउने आदेश विरुद्ध शाहले मंगलबार पोखरास्थित उच्च […]
त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध मुद्दा, परिणाम फेरबदल गरेको आरोप
काठमाडौँ । परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो । परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लगाइएको छ । […]
सवारी दुर्घटनामा एमाले नेताको मृत्यु
बागलुङ । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा नेकपा एमालेका एक नेताको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । निसीखोलाबाट ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारतर्फ जाँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका-२ थारुखोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। दुर्घटनामा परी ढोरपाटन-१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको […]
निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
काठमाडौँ । स्थानीय तहको निर्वाचन सम्बन्धि छलफलको लागि निर्वाचन आयोगले यही चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ। निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोगका एक अधिकारीले जानकारी दिए। २२ गतेको बैठकमा दलहरुको सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लगाउने तयारी आयोगले गरेको छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख […]
अमेरिकी कलाकारले नेपालमा चलचित्र छायांकन गर्ने
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धनका साथै कला, संस्कृतिको प्रचार होस् भन्ने उद्देश्यले अमेरिकी राष्ट्रिय कलाकारको संस्था प्लेङ फर चेन्ज फाउन्डेसनमा आबद्ध कलाकारले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा चलचित्र छायाङ्कन गर्ने भएका छन्। फाउन्डेसनका निर्देशक ज्याक थोमससहितको टोलीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर सो कुराको जानकारी गराएका हुन्। आगामी वैशाखदेखि नेपालका विभिन्न पर्यटकीय […]











