सवारी दुर्घटनामा एमाले नेताको मृत्यु

बागलुङ । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा नेकपा एमालेका एक नेताको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

निसीखोलाबाट ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारतर्फ जाँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका-२ थारुखोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

दुर्घटनामा परी ढोरपाटन-१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। पौडेल नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष थिए।

दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएका छन्।

पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Loading...