त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध मुद्दा, परिणाम फेरबदल गरेको आरोप

काठमाडौँ । परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।

परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

२०७३ फागुन १८ गते उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदमा भर्नाका लागि विज्ञापन निस्किएको थियो ।

यही विज्ञापनअन्तर्गत भएको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरेको उनीहरूमाथि आरोप लागेको छ ।

आरोपितहरूले उम्मेदवारहरूको प्राप्ताङक केरमेट गरेको र अंक थपघट गरी नतिजा फेरबदल गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।

Loading...