काठमाडौँ । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्तरूपमा श्रव्यदृश्यका माध्यमबाट रेल […]
मुख्य समाचार
ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला
काठमाडौँ । वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। मंगलबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गरेका हुन्। २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो। योसँगै गद्दी […]
निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दै
१३ चैत्र, काठमाडौं । निर्वाचन आयोगले आज स्थानीय निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ । आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई मतपत्र छाप्ने मेसिनलगायतका साधन चुस्त […]
चिनियाँ विदेशमन्त्री काठमाडौंमा, यस्तो छ भेटघाटको कार्यतालिका
काठमाडौँ । चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री तीन दिनका लागि नेपालको औपचारिक भ्रमणमा आएका छन्। शुक्रबार अपराह्न ४:४० बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी र उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले स्वागत गरे। पाकिस्तान, अफगानिस्तान र भारत हुँदै चिनियाँ विदेशमन्त्री […]
चिनियाँ विदेशमन्त्रीको भ्रमणमा रसुवागढी र तातोपानी नाका सञ्चालनमा कुरा हुने एनसीसीएफएको विश्वास
काठमाडौं । नेपाल-चीन वाणिज्य मैत्री संघले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी ले आजदेखि गर्न लाग्नु भएको नेपाल भ्रमणको सिलसिलामा लामोसमयदेखि बन्द रहेका तातोपानी र रसुवागढी नाका अविलम्ब सञ्चालनका लागि छलफल हुने विश्वास व्यक्त गरेको छ । सो संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “कोरोना महामारीसँगै चीनसँगको नेपालका प्रमुख व्यापारिक नाका […]
गुडिरहेको बसमा आगलागी
कालीकोटबाट काठमाडौँका लागि छुटेको छुटेको ना८ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ। बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो। कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौँका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी […]
भारतबाट बिजुली आयात रोकिएपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरू
चैत ९, काठमाडौँ – देश भरका औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ सुरू भएको छ। युक्रेन र रुस बीच युद्दका कारण कोइला आपूर्वितिमा समस्या हुदा महंगिएको भारतीय विजुली प्राधिकरणले किन्न नसक्दा विद्युत आपूर्तिमा समस्या भएको हो । लगातार बिजुली अवरूद्ध भएपछि उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। भारतमा कोइलाबाट बढी बिजुली उत्पादन गरिने गर्दछ भने , नेपालले […]
आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया हुँदै
चैत ९ , काठमाण्डौ – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्दैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा आजदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया […]
उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश
चैत ८, काठमाडौं । सर्वोच्च अदालतले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालमा रहेका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश जारी गरेको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आज मंगलबार कारण देखाऊ सहित अन्तरिम आदेश जारी गरेको हो। […]
उम्मेदवारलाई समान मैदान र हैसियत दिन जनप्रतिनिधिहरूको राजीनामा अनिवार्य : आयोग
चैत ८, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई समान मैदान र हैसियत दिन जनप्रतिनिधिहरूको राजीनामा अनिवार्य गरिएको बताएको छ । स्थानीय तहमा पदमा बहाल रहेका जनप्रतिनिधि निर्वाचनमा उम्मेदवार बन्दा मनोनयन दर्ता गर्नुअघि नै राजीनामा गर्नुपर्नेगरी आयोगले निर्णय नै गरिसकेको छ । आयोगले सोही व्यवस्था कायम राखेर निर्वाचन आचारसंहितासमेत बनाएको छ भने सो […]









