उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश

चैत ८, काठमाडौं ।  सर्वोच्च अदालतले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालमा रहेका  जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश जारी गरेको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आज मंगलबार  कारण देखाऊ सहित  अन्तरिम आदेश जारी गरेको हो।    
  
सर्वोच्चले आचारसंहितामा स्थानीय चुनावमा उमेदवार हुने जनप्रतिनिधिले  राजीनामा दिनुपर्ने व्यवस्था राख्नु पर्नाको कारणसहित लिखित जवाफ पेस गर्न भनेको छ।

सर्वोच्चले दुवै पक्षलाई छलफलमा उपस्थित हुन र उक्त छलफलपछि आचारसंहिता रोक्न अन्तरिम आदेश निरन्तर हुने वा नहुनेबारे निर्णय गर्ने भनेको छ। 

आयोगले भने सोबार स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई समान मैदान र हैसियत दिन जनप्रतिनिधिहरूको राजीनामा अनिवार्य गरिएको बताएको छ । 

Loading...