सत्ता गठबन्धन बीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहन्छ : : माधव नेपाल

                                                              फाइल फोटो –

चैत ८,काठमाडौँ –   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हाल कायम रहेको  सत्ता गठबन्धन बीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गर्गनु भएको छ  ।

अध्यक्ष नेपालले आज नुवाकोट विदुरमा आयोजित  समाजवादी प्रेस संगठनले गरेको  पत्रकार सम्मेलनमा तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गर्नु भएको हो ।

उहाले शक्तिको उचित मूल्यांकन गर्ने गरि  चुनावी गठबन्धन र तालमेलका क्रममा अरु पार्टीको सहारामा नभई आफ्नै शक्तिको सहारामा चुनावमा उठ्न अहिले पार्टी कमिटी निर्माणलाई तीव्र बनाइने बताउनुभयो छ ।

 

 
Loading...