राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा आज बिहान नेपाल आएका महासचिव गुटेरेससँगको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली देश नेपालले भोग्नुपरेका समस्या र समाधानको उपाय, जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने र राष्ट्रसङ्घीय शान्ति […]
मुख्य समाचार
चार दिने नेपाल भ्रमणमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस : यस्तो छ कार्यक्रम
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपालको चार दिने भ्रमणका लागि आज राति १ बजे काठमाडौँ आइपुग्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनी कतार एयरको उडान नम्बर QR644 मा अमेरिकाबाट दोहा हुँदै काठमाडौं ओर्लन लागेका हुन् । उनलाई विमानस्थलको अतिबिशिष्ठ कक्षमा नेपाली सेनाको काली दल […]
दशैँको अन्तिम दिन भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना
बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना गरेका छन् । राजाले कोजाग्रतमा पूजाअर्चना गर्ने प्रचलनलाई निरन्तरता दिंदै राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेलले शनिवार भक्तपुर आएर नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली भवानीको दर्शन र पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेललाई बनमालाहरुले […]
मापसे गरी ज्यान लिने २ जना पक्राउ
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको […]
अख्तियारको कर्मचारी भन्दै सरकारी कर्मचारीलाई ठग्दै हिड्ने एकजना पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिडेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त आरोपमा मोहन कोइरालालाई पक्राउ गरेको हो । चितवन घर भई नेपालगञ्ज बस्ने कोइरालाले सरकारी कार्यालयका प्रमुखहरुलाई नै अख्तियारको कर्मचारी भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीको भनाइ छ । बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ […]
बागमती प्रदेशको केन्द्र काभ्रे : मुख्यमन्त्री जमरकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशको राजधानी काभ्रे हुनुपर्ने जिकिर गरेका छन् । प्रदेश भित्रका अधिकत्तम जिल्लाको लागि हेटौंडा अनुपयुक्त भएको भन्दै उनले प्रदेशको केन्द्र काभ्रे उपयुक्त हुने बताएका हुन् । […]
यस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको मेडिकल सर्टिफिकेट
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले शुक्रबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ। श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा(OM)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले […]
मध्यपुर अस्पतालमा एमआरआई
भक्तपुरको नयाँ थिमीस्थित मध्यपुर अस्पताल स्थापनाको १३ वर्ष पुगेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा बुधवारबाट अस्पतालले एमआरआई सेवा समेत सञ्चालनमा ल्याएको छ। स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो । केही साता अघि बाट परिक्षणमा रहेको एमआरआई सेवा बुधवार बाट नियमित सेवाको रुपमा शुभारम्भ गरिएको अस्पताल संचालक समितिका […]
उपप्रधान एवं रक्षामन्त्रीले गरे संविधान हल्लाउने प्रयास भइरहेको खुलासा
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिहरु हरण गर्न संविधानलाई हल्लाउने प्रयास भइरहेको खुलासा गरेका छन् । संविधान निर्माण पछि सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसक्दा संविधान हल्लाउने प्रयास भइरहेको उनले खुलासा गरेका हुन् । नेपाली काँग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागको आयोजना र भक्तपुर शाखाको व्यवस्थापनमा भक्तपुरको […]
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ : स्वकीय सचिव मल्ल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । छातीमा समस्या देखिएपछि चेक जाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री प्रचण्डको स्वास्थ्यमा कुनै खराबी नदेखिएको हो । मंगलवार साँझ स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका उनको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको उनका स्वकीय सचिव रमेश मल्लले जनाएका हुन् । निजी चिकित्सक डा. युवराज […]











