काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका […]
मुख्य समाचार
जनार्दन शर्मा भन्छन् : कानुन नै चोरी हुने संसद्मा बेकार आइएछ जस्तो लाग्छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अन्तरिक कालदेखि निरन्तर संसद्मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताए । ‘म त अन्तरिम कालदेखि संसद्मा निरन्तर छु […]
विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् । हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । दुबै जना विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फकिएका हुन् । शनिबारको भेटपछि प्रधानमन्त्रीले विपिनको […]
भूमि विधेयकविरुद्ध जसपा नेपालद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ । जसपाले उक्त विधेयक भू–माफिया र जग्गा दलालको हितमा मात्र हुने, वन–जंगल विनाश गरी तराई/मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने खालको रहेको आरोप लगाएको हो । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत […]
भारत–चीनबीच सम्झौता नेपालको सार्वभौमिकता माथि हस्तक्षेप : माओवादी केन्द्र
धनगढी । भारत र चीनबीच हालै भएको सम्झौतामा लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति हुनु नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले जनाएको छ। प्रदेश इन्चार्ज एवं पार्टीका केन्द्रीय सचिव गिरिराजमणि पोखरेलले एक प्रेस नोट जारी गर्दै लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन-भारतको सहमति आफूहरूलाई अस्वीकार्य रहेको […]
सप्तरी अनुभवको पाठशाला, सुन्दा भन्दा भोग्दा सहज : प्रजिअ दाहाल
सप्तरी । सप्तरीबारे प्रशासनिक तहमा प्रायः देखाइने नकारात्मक बुझाइ पूर्णतः निराधार पुष्टि भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले स्पष्ट पारेका छन्। गृह मन्त्रालयको निर्णयअनुसार सप्तरीबाट दोलखाको प्रजिअमा सरुवा भएका दाहालले शुक्रबार जिल्लाका सञ्चारकर्मीहरूसँग आयोजित विदाई कार्यक्रममा आफ्नो नौ महिने सप्तरी बसाइको अनुभव साझा गर्दै सो कुरा प्रष्ट्याएका हुन्। “यहाँका राजनीतिक दलहरूबाट दबाब आउँछ भन्ने […]
तुइन खोलानजिक खस्यो ढुंगासहितको पहिरो, नारायणगढ–मुग्लिन सडक अवरूद्ध
काठमाडौँ । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज बिहान ६:३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो। सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।उनका अनुसार एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ। पहिरोका […]
संखुवासभामा भूकम्पको धक्का
संखुवासभा । पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ बाजे मघाङ केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा कुनै विवरण प्राप्त हुन सकेको छैन […]
नेसनल प्याव्सनको लोकनृत्य प्रतियोगिता, सेन्ट जोन्स र प्रसादी प्रथम
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित सामूहिक र एकल लोकनृत्य प्रतियोगिता २०८२, चाँगुनारायणको नगरकोट फेदीस्थित क्वालिटी स्कुलमा सम्पन्न भयो। एकल नृत्यतर्फ सूर्यविनायक–५ को सेन्ट जोन्स स्कुलकी छात्रा विबिशा बिबिसा तामाङ पहिलो स्थानमा रहिन्। दोस्रो स्थान सूर्यविनायक–८ को सेक्रेड हार्ट एकेडेमीकी म्हारमेन तामाङले, तेस्रो स्थान सूर्यविनायक–५ को युनिटी स्कुलकी दीपशिखा खड्काले र सान्त्वना स्थान सूर्यविनायक–३ को […]
नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुन: प्रतिनिधिसभामै पठाउँछ । पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।











