काठमाडौ । हरेक मानिसको जीवनमा एउटा कथा हुन्छ – त्यो कथा कहिले संघर्षको हुन्छ, कहिले अवसरको, कहिले निराशाको त कहिले उपलब्धिको। कतिपय कथामा आँसुका ढिका हुन्छन्, कतिपयमा खुशीका फूलहरू। तर ती सबै कथाहरूमा एउटै कुरा समान हुन्छ – अडान, धैर्य र सपना। यही अडान र धैर्यले एक सामान्य गाउँको केटालाई आज चित्रकलामा छुट्टै स्थान दिलाएको […]
मुख्य समाचार
राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले फिर्ता गरे गाडी
काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले चढ्दै आएको संसद् सचिवालयको गाडी फिर्ता गरेका छन् । सरकारले पूर्व पदाधिकारीसँग भएका सवारी लगायत अन्य सुविधा फिर्ता गर्न भनेपछि तिमिल्सिनाले आफूले चढ्दै आएको बा सी ३७३८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालय कास्की मार्फत फिर्ता गरेका हुन् । उनले राष्ट्रिय सभाको पूर्व अध्यक्षको हैसियतले संघीय संसद् सचिवालयले […]
देशमा स्थायित्व ल्याउन सम्पूर्ण शक्ति एकजुट हुनुपर्नेमा जोड
ललितपुर । जेन जेडले भ्रष्टाचार नियन्त्रण र जनताको पक्षमा वकालत गर्ने राज्य प्रणाली चाहान्छ भन्दै सरोकारवालाले देशमा स्थायित्व ल्याउन सम्पूर्ण राजनीतिक दल एक ठाउँमा हुनुपर्नेमा जोड दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ललितपुरले आयोजना गरेको जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तरक्रियामा स्थायी समिति सदस्य कर्णजीत बुढा (सुशील)ले सबैको धारणा बुझेर आम […]
ओलीको दावी : आफ्नो हातमा केही नरहेको थाहा पाएपछि राजीनामा दिएको हुँ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन् । शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष अोलीले सो माग गरेका हुन् । ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा समेत […]
वेस्ट इन्डिजसँग आज पहिलो टी-२०आई खेल्दै नेपाल
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ । नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो […]
प्रचण्डकै नेतृत्वमा माओवादी महाधिवेशन, केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण
काठमाडौं । नेकपा माओवादी केन्द्रको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण हुँदा पुष्पकमल दाहाल प्रचण्ड पनि अध्यक्षबाट संयोजकमा रुपान्तरित भएका छन् । काठमाडौंको प्रज्ञा भवनस्थित बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रचण्डले पत्रकारहरूलाइ सम्छिप्त प्रतिक्रिया दिए, ‘म अब अध्यक्ष रहिँन, संयोजक भएँ ।’ प्रचण्डको यो […]
पौडी खेल्न खोलामा गएका दिदीबहिनीको निधन
जाजरकोट । पौडी खेल्ने क्रममा समाकोट खोलाले बगाउँदा एकै घरका दिदी बहिनीको ज्यान गएको छ । कुशे गाउँपालिका-७ स्थित समाकोट खोलामा पौडी खेल्न गएका उनीहरु मृत फेला परेका छन् । स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले […]
पार्टी नेताका सम्पत्ति छानबिन गर्न माओवादी केन्द्रले आयोग गठन गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याए। “अब पुरानै ढंगले चल्दैन, नयाँ […]
बढेको बढ्यै सुनको मूल्य
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको […]
भोटेकोशीमा भ्यान खस्यो, चालक बेपत्ता
काठमाडौँ । सिन्धुपाल्चोकमा भोटेकोशी नदीमा भ्यान खसेको छ। शुक्रबार बिहान ५:२० बजे सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बलेफीस्थित अरनिको राजमार्गबाट बा १२ च ६५९४ नम्बरको डेलिभरी भ्यान भोटेकोशीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भ्यान र चालक नै बेपत्ता भएका छन्। चालक काभ्रेको पनौती नगरपालिका-१० पस्थली बस्ने २२ वर्षीय नवराज खुलाल रहेको खुलेको प्रहरीले जनाएको छ। भ्यान […]











