काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने सुन तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी तोलाको २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार यो मूल्य २ हजार ६८५ रुपैयाँमा रहेको थियो।







