ज्यापु समाजको साधारण सभा प्रम देउवाले गरे उद्घाटन

ललितपुर, १४ भदौ । ज्यापु समाज ललितपुरको चौबीसौं वार्षिक साधारणसभा ललितपुरमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक समारोहकाबीच सभाको उद्घाटन गरेका हुन् । ्द्द ललितपुर महानगरपालिका वडा नम्बर आठ स्थित भोलढोकामा रहेको ज्यापु प्रज्ञा भवनमा आयोजित साधारण सभाको उद्घाटन गर्नुका साथै प्रम देउवाले ज्यापु प्रज्ञा भवनमा रहेको म्युजियमको समेत अवलोकन गरे । […]

संसदमा गणपूरक संख्या पुग्दैन अचेल । संख्या नपुग्दा २ पटक बैठक रोकियो

काठमाडौँ, २४ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा गणपूरक संख्या नपुगेपछि एकै दिनमा संसद् बैठक दुईपटक स्थगित भएको छ । सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको मधेशी आयोग विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव परित गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घण्टी बजाएर सांसदको संख्या यकिन […]

धरहरा र काण्ठमण्डप पुनःनिर्माणको प्रगति ५ दिनभित्र पेश गर्न निर्देशन

काठमाडौँ, २४ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक धारणा तयार गरी पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले भदौ १२ गते टेलिकमलाई धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश गर्न पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ नआएपछि प्राधिकरणले आज पुनः टेलिकमलाई पत्राचार गरी आधिकारिक धारणा पेश […]

दुई भारतीयलाई गोली हानेको भन्दै दुई नेपाली पक्राउ

भीमदत्तनगर, २३ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोलीहानी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भीमदत्तनगरबाट सीमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन सङ्घ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका–९ का दुई युवालाई […]

नवनिर्वाचित नगर प्रमुखहरुका लागि कोरिया अवसर

पोखरा, २३ भदौ । हालै सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित नगरप्रमुखहरुलाई दक्षिण कोरिया जाने अवसर जुरेको छ । यस अवसरलाई सदुपयोग गर्दै पाँच जना नगरप्रमुखहरु दक्षिण कोरिया जाने भएका छन् । दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख त्यसतर्फ जानु हुने भएको हुन । […]

मेयरदेखि वडा अध्यक्षसम्म पत्रकारहरुकाे धमाधम उम्मेदवारी

महाेत्तरी, २३ भदाै । असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिएका हुन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार […]

नेपाल डुबाएर भारत जाेगाउने खतरानाक दाउ

धरान, २३ भदाै । सुनसरीको बराहक्षेत्रदेखि १.६ किलोमिटर उत्तर धनकुटाको सुनखम्बी भन्ने ठाउँमा बन्ने भनिएको सप्तकोशी उच्च बाँधको नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हालै भारत भ्रमणको क्रममा बाँधबारे सहमति गरेको विरोधमा बिहिबार यो पार्टीले धरानमा वृहत् विरोध प्रर्दशन तथा सभा आयोजना गर्‍यो। नेत्रबहादुर चन्द्र विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको कोशी […]

१३३ भवन अझै बनेनन् । ठेकेदार र भवन विभागको चरम लापरवाही

काठमाडौं, २३ भदाै । प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक वर्षमा निर्माण सम्पन्न गराएका थिए । तर अहिले दुईतलाको एउटा भवन ९ वर्षमा पनि निर्माण हुँदैन । यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन । सहरी विकास मन्त्रालयले ती […]

माओवादीका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

दोलखा । नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी […]

चीनले रेलमार्गबारे महरासंग यसो भन्यो

काठमाडौँ । चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार थप प्रक्रिया अगाडि बढाउने भएको छ ।  चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग बिहीबार बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेटमा चीनले उक्त प्रतिबद्धता जनाएको हो ।   परराष्ट्रमन्त्री महराले चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमबारे आफूले नेपालका सबै प्रमुख दलका […]