काठमाडौं । निर्वाचन आयोगले तीन स्थानीय तहका निर्वाचन अधिकृत परिवर्तन गरेको छ । आयोगले बाजुराको बुढीगंगा गाउँपालिका, रौतहटको मौलापुर गाउँपालिका र महोत्तरीको साम्सी गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएको आयोगले जनाएको छ । बुढीगंगाका निर्वाचन अधिकृत स्थापित समयतालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको आयोगस्रोतले बतायो । आयोगका एक अधिकृतका अनुसार पछि खोजतलास गर्दा उनी मादक पदार्थ […]
मुख्य विशेष
प्रहरी प्रमुखमा धिरज प्रताप सिंह नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हाे । स्राेतका अनुसार गृहमन्त्री बालकृष्ण खाँण विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । तर अन्तिममा प्रधानमन्त्री देउवाले अडान लिएपछि सिंह आईजीपीमा नियुक्त भएको बताइकाे […]
श्रमलाई सम्मान गर्ने , संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्छः राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताउनु भएको छ । १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिंदै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको […]
बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग
काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बादेले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्। उनी ०७४ को निर्वाचनमा एमालेबाटै बनेपाको मेयरमा निर्वाचित भएका थिए। बनेपा नगरपालिका एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको […]
बुद्ध एयरको जहाजको टायर गौतमबुद्ध विमानस्थलमा पड्कियो
बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किएको छ। जसले गर्दा उडान र अवतरण रोकिएको छ। भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको हो। उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पड्किएको हाे। जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन्। जहाजमा ७२ यात्रु थिए। यात्रुलाई अब […]
सर्वोच्चले गर्यो गभर्नर महाप्रसादकै पक्षमा अर्को निर्णय
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको सुनुवाइ गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि सर्वोच्चले गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार पनि निरन्तरता दिएको हो। यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको […]
अन्ततः फुट्यो विप्लव नेकपा, विप्लवले २ नेतालाई पार्टीबाट गरे निश्कासन
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्ततः विभाजित भएको छ । लामो समयदेखि पार्टीभित्र भुसको आगोजसरी सल्किरहेको विवाद साम्य हुन नसकेपछि विभाजनमा पुगेको हो । नेपालमा सशस्त्र बल प्रयोगद्वारा राज्यसत्ता हातमा लिई जनवादी सत्ता सन्चालन गर्ने घोषणासहित एकीकृत जनक्रान्ति थालेका विप्लव त्यसको छेउसम्म पनि नपुगी संसदीय निर्वाचनतर्फ नै ढल्किएपछि पार्टीका दुई प्रमुख […]
भन्सारका नायब सुब्बाविरूद्ध एक करोड ८७ लाख बराबरको भष्टाचार मुद्दा
काठमाडौं । काठमाडौंमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना माथि भ्राष्टाचारको मुद्दा दायर गरेको छ। भन्सार जाँच पास परीक्षण कार्यालयमा कार्यरत देवीबहादुर थापाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार थापाले २० वर्षको अवधिमा एक करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँको सम्पत्ती गैर […]
विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति
काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गरी सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो। ‘कोभिड–१९ पछि बिस्तारै चलायमान हुने […]
हेटौंडाको मेयरमा सत्ता गठबन्धनबाट मिनाकुमारी लामा
हेटौंडा । सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । भागबन्डाका आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् । हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट […]











