चितवनमा मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र पुग्यो

चितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिका सहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ । भरतपुरको लागि ४१० बण्डल र भरतपुरबाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो । एउटा बण्डलमा […]

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट रावतसहित दुई जना गम्भीर भाइते भएका छन् । बाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसैनको अगाउपानीमा उनीहरूबीच शुक्रबार दिनभर झडप भएको प्रहरीले जनाएको छ । झडपमा […]

प्रहरी प्रमुखमा धिरजलाई नै निरन्तरता, सर्वोच्चले दिएन अन्तरिम आदेशु

काठमाडौं । सर्वोच्च अदालतले एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।  धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि त्यसविरुद्ध अदालत गए पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

जाजरकोटको कुशेमा गोली चल्यो, विभिन्न दलका कार्यकर्ताबीच झडप

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यक्रताहरूको बीचमा बुधबार दिउँसो झडप भएको प्रहरीले जनाएको छ । चुनावी प्रचारप्रसारका क्रममा झडक भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले […]

निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ, कांग्रेस र माओवादी केन्द्रसँग जवाफ माग

बैशाख २१, काठमाण्डौ –  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । साथै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग जवाफ समेत माग गरेको छ । निर्वाचनमा प्रचार गरिएको पर्चाको विषयलाई लिएर आयोगले कांग्रेसलाई तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको गरेको हो । पार्टीको केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख […]

कांग्रेस र एमालेबीच पूर्वी नवलपरासीमा झडप, आधा दर्जन घाइते

गैंडाकोट । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा झडप भएको छ । झडपमा दुवैतर्फका गरी आधा दर्जन ६ घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार […]

भरतपुरमा गठबन्धनले संयुक्त सभा आयोजना गर्ने, दलका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ । सभामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीले बताए। सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा […]

काठमाडौं महानगर उपमेयरमा एमाले उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, २० बैशाख । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट उपमेयरको उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिएर ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता परेको हो । यही १६ वैशाख १६ मा परेको उजुरीमा […]

आईजीपी बढुवा चर्को विवादमा, दुई एआईजीले मुद्दा लड्न लामो विदा लेखेर छाडे हेर्डक्वार्टर

काठमाडौँ । सरकारले नयाँ आईजीपी नियुक्त गरेसँगै नेपाल प्रहरीमा विवाद बढेको छ । आईजीपी बढुवा प्रकरणमा असन्तुष्टि जनाउँदै दुई एआईजीले लामो बिदा समेत लिएका छन् । एआईजी विश्वराज पोखरेल र एआईजी सहकुल थापाले आईजीपी बढुवाप्रति असन्तुष्टि जनाउँदै लामो विदा लिएका छन् । श्रोतका अनुसार एआईजी विश्वराज पोखरेलले एक महिना र थापाले १० दिनको बिदा लिएका […]

आयोग प्रमुख थपलियाको अभिव्यक्ति केपी ओलीसँगै मिलेको भन्दै नेता पुनले जनाए आपत्ती

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्तलाई निष्पक्ष भूमिकामा रहन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आग्रह गरेका छन् । आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया र एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति एउटै एउटै भएको भन्दै नेता पुनले यस्तो आग्रह गरेका हुन् । मे दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले प्रमुख आयुक्त थपलियाको अभिव्यक्तिप्रति […]