आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौँ १५ जेठ २०८१ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । […]

जनप्रतिनिधिको तलब र भत्ता, बालबालिकालाई पोशाक र जुत्ता

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि खर्च गरिरहेका छन् । आफूले तलव भत्ता नलिने उद्घोष गरेका उनले पाएको रकमले नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक सहयोग गरिरहेका हुन् । पत्रकारहरु संग आफ्नो दुई वर्षको कार्यकालको अनुभव बाड्दै उपप्रमुख बुढाथोकीले दुई वर्षमा करिब १० […]

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले पक्राउ गरेको हो । सिरोहियालाई थप अनुसन्धानका लागि धनुषा पठाइएको प्रहरीले जनाएको छ । उनी कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका थिए । नागरिकता कीर्ते आरोपमा धनुषा प्रहरीमा सिरोहियाविरूद्व उजुरी परेको थियो । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा […]

एमाले सर्लाहीको अध्यक्षमा पुन: साह

प्रेमनाथ पौडेल, सर्लाही । नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार सम्पन्न ९ औं अधिवेशनबाट उनी पुन पदमा अध्यक्ष निर्वाचित भएका हुन्। प्रतिद्वन्दीलाई १२ मत ले पछि पार्दै राजनारायण अध्यक्ष पदमा निर्बाचित भएका निर्वाचन कमिटीले जनाएको हो । उनले २ सय ८० मत ल्याई बिजय प्राप्त गर्दा […]

सरकारमा एक यादवको इन, अर्काको आउट

उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) निर्माण भएपछि बिकसित राजनीतिले उपेन्द्र यादव नेतृत्वको पार्टी सरकारबाट बाहिरिएको छ भने राई नेतृत्वको पार्टी सरकारमा सामेल भएको छ । सोमबार बिहान उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा […]

रुखमा बाधिँ आगो लगाएको अवस्थामा काभ्रेमा अज्ञात मानिसको शव

काभ्रेपलान्चोक । काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको समयमा अज्ञात मानिसको शव फेला परेको हो । काभ्रेको पाँचखाल -४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट करिब ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा मुख र छातिमा फलामको तारले रुखमा बाधिँ आगो लगाएको अबस्थामा मृत शव फेला परेको जिल्ला प्रहरी […]

क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ  गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।    पक्राउमध्ये वकिल बहादुरले क्यानडा […]

युके पठाईदिन्छु भन्दै ठगी

काठमाडौं । युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।  कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका […]

उपचारका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका छन् ।   दाँतमा अत्याधिक दुखाइ भएपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका हुन् । वीर अस्पतालका डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

बेलायती सहयोगमा निर्मित भक्तपुर अस्पतालको सुविधासम्पन्न भवन उद्घाटन

england embassador to nepal

काठमाडौं उपत्यकाकै दोश्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा १८ करोडको सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ । बेलायत सरकारको आर्थिक अनुदानमा नवनिर्मित सो भवनको मंगलवार उद्घाटन समेत गरिएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत रब फेनले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनमा ९८ […]