काठमाडौं, २ जेठ । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)को ५४औं विद्यार्थी दिवस मनाउने क्रममा विशाल र्याली शुरु भएको छ । भारतीय दूतावास रहेको राजधानीको लैनचौरको खेलमैदानबाट सुरु भएको रयाली दरबार संग्रहलयको उत्तरगेट, नागपोखरी दरबार मार्ग पुगेको छ । र्यालीको नेतृत्वमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले गरेका छन् । र्यालीमा हजारौं विद्यार्थीहरु सहभागी […]
मुख्य विशेष
नेकपाका भक्तपुर सचिव गिरफ्तार, देशव्यापी धरपकडको विरोधमा नेकपाको कडा प्रतिवाद गर्ने चेतावनी
काठमाडाैं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सचिव कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौंको बागबजारबाट आज मंगलबार दिउसो प्रहरीले गिरफ्तार गरेको जनाएको छ । नेता बोगटीलाई बागबजारबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौ टेकुमा बुझ्दा बोगटीका बारेमा कुनै जानकारी नदिने बताइएको माथिबाट कडा […]
नेकपा भक्तपुर सेक्रेटरी अपहरण शैलीमा गिरफ्तार
काठमाडौँ, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । बोगटीलाई मंगलबार दिउँसो बागबजारबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको नेकपा भक्तपुरले जनाएको छ । तर प्राप्त जानकारी अनुसार गिरफ्तारपछि उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको बुझिएको छ । कालिकोटको रुप्सा घर भएका बोगटीलाई किन गिरफ्तार गरिएको […]
मोदीले लगाए अर्को नाकाबन्दी, कच्चापदार्थ रोकेपछि नेपाली सेनाकै उत्पादन बन्द
काठमाडाैं । भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ । कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको हो । काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका […]
अस्ताए नेपाली फुटबलका मणी, स्तब्ध बन्यो खेल जगत
काठमाडौं, १ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए । […]
कुलमानले गरे आजबाट लोडसेडिङ पूर्ण रुपमा अन्त्यको घोषणा
काठमाडाैं, ३१ बैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अाजबाट लाेडसेडिङ पूर्ण रुपमा अन्त्य हुने जानकारी दिएका छन् । उनले १५ वर्षदेखि लगाइदै अाएकाे लाेडसेडिङ आजबाट अब कहिल्यै नहुने बताएका छन् । घिसिङले औद्योगिक क्षेत्रमा अाजैदेखि पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरिने र बाँकी क्षेत्रमा पनि छिट्टै पूर्ण रुपमा लाेडसेडिङ अन्त्य गरिने बताए । […]
करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण, बाँकेमा २ वटा टावरमा आगजनी !
कृष्ण ओली, नेपालगन्ज । करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए । […]
प्यूठानको बडडाँडामा भएको बस दुर्घटनामा परी ५ को घटनास्थलमै मृत्यु, २५ घाइते
प्यूठान, ३० बैशाख । प्यूठानकाे बडडाँडामा भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे सङ्ख्या ५ पुगेकाे छ । भालुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना भएकाे हाे । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको महाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर बडडाँडा नजिक […]
एकाविहानै प्यूठानमा यात्रुबस दुर्घटना, ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, ३० बैसाख । एकाविहानै प्यूठानमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको बडडाँडामा भएको उक्त दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ आउदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस अाइतबार बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि […]
सडकमा क्यामेरा राखेर मोदीको विरोधमा उत्रिए पत्रकार, पत्रकार महासंघले समेत जनायो आपत्ती
काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएपछि त्यसको व्यापक विरोध भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्टिय सभागृहमा प्रम मोदीका लागि आयोजित एक कार्यक्रममा प्रवेश पास लिएका सञ्चारकर्मीहरुलाई प्रवेश गर्न नदिइएपछि सञ्चारकर्मीहरुले आफ्ना सञ्चारसाधन सडकमा राखेर विरोध समेत प्रदर्शन गरेका छन् । शनिवार दिउसो राष्टिय सभागृहभित्र प्रम मोदी प्रवेश […]










