कृषिप्रधान देशको यस्तो हविगत: वर्षदिन नपुग्दै साढे २४ अर्बको चामल विदेशबाट ल्याइयो

काठमाडौं, १५ असार । – सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ। सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४/७५ मा साढे २४ अर्ब […]

जुम्ला पुगेर शुक्रबारदेखि अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी (विज्ञप्तीसहित)

काठमाडौँ  ।  प्रा. डा. गोविन्द केसीले पर्सि शुक्रबारदेखि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । उनले अनसन स्थलका रुपमा जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेका छन् । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै अनसन बस्ने घोषणा गरेका हुन् । डा. केसीले निःशुल्क पीजीपछि सेवा अवधि आफूहरुसँग सहमति भएअनुसार २ वर्ष […]

साइपालका कार्यकारी अधिकृतमाथि नेकपाले यसकारण गर्‍यो जन कारवाही

बझाङ ।  नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेको छ । बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेकोले नेकपाले कालोमोसो दलेको हो । जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामलमध्ये १५ सय कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको […]

सरकारको गाडी मोह १४ वर्षमा ५४ अर्ब स्वाह, इन्धन, मर्मतमै अर्बौ खर्च

काठमाडौं, १३ असार । सवारी साधनका नाममा सरकारकाे अरबाै रकम रकम खर्च हुने गरेकाे छ । प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको गाडी मोह यतिसम्म रहेकाे छ कि एक वर्षमै कराेडाै रकम गाडीमा खर्च हुन्छ । १४ वर्षकाे तथ्याङ्क निकाल्दा ५४ अर्ब रुपैयाँ सवारीसाधनमा खर्च भइसकेकाे छ । सबैभन्दा बढी त गाडी मर्मतका नाममा नै अर्बाै रकम स्वाह […]

पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु

बाग्लुङ । भीषण वर्षापछि गएराति पहिरोले घर भत्काउँदा बाग्लुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेका बेला एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । […]

नेपालमा ४५ हजार एनजीओ अवैध

काठमाडौं, १२ असार । मुलुकको विभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थाले ९२ प्रतिशतले संस्था नवीकरण गरेका छैनन् । हालसम्म दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नवीकरण भएको समाज कल्याण परिषदले जनाएको छ । परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् । […]

मेसीले भने, ‘अब म अर्जेन्टिनालार्इ विश्वकप नजिताइ सन्यास लिन्न’

अर्जेन्टिनी कप्तान तथा सुपरस्टार लियोनल मेस्सीले अर्जेन्टिनालाई विश्वकप च्याम्पियन नबनाई आफूले सन्यास नलिने बताएका छन्। मंगलबार हुने नाइजेरियाविरुद्धको खेलअघि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले विश्वकपको उपाधि अर्जेन्टिना र आफ्ना लागि महत्वपूर्ण भएकाले अर्जेन्टिनालाई विश्व च्याम्पियन नबनाई सन्यास नलिने बताएका हुन्। ‘मैले व्यक्तिगत रुपमा सबै महत्वपूर्ण प्रतियोगिता जितिसके,’ मेस्सीले भने, ‘विश्वकप जित्नु मेरो महत्वाकांक्षा हो। म मेरो […]

असार २२ गते नेकपाको विशाल जनसभा, क-कसले गर्दैछन् सम्बोधन ?

मुगु ।  नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते जिल्लामा जनसभा गर्ने भएको छ । कर्णालीमा ‘एकीकृत जनजागरण अभियान’ संचालन गरेको नेकपाले विभिन्न ठाउँमा जनसभा तथा घरदैलो अभियान जारी राखेका छ । जिल्ला पार्टीको आयोजनमा मुगुको जिल्ला सदरमुकाम गमगढीमा विशाल जनसभाको आयोजना गरेको हो । स्थानीय जनप्रतिनिधिले गरेका भ्रष्टाचारको लिष्ट तयार गर्दै गरेको नेकपाले जनसभाबाटै […]

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

काठमाडौं । २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक भएको छ । शनिबारदिउँसो ४ बजे परीक्षाफल सार्वजनिक हुने भनिए पनि प्राविधिक कारणले परीक्षाफल ढिलो सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले जनाएको छ । नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर […]

विश्वकप: स्वीजरल्यान्डद्वारा सर्बिया पराजित,

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा स्वीजरल्यान्डले सर्बियालाई हराएको छ । स्वीजरल्यान्डले सर्बियालाई २–१ गोलअन्तरले पराजित गर्यो । खेलमा अलेक्जेन्डर मिट्रोभिकले पाँचौ मिनेटमा सर्बियालाई अग्रता दिलाए। त्यसलाई बराबरी गर्न स्वीजरल्यान्डलाई लामो समय कुर्नुपर्यो। स्वीजरल्यान्डका ग्रनित छक्काले ५२औँ मिनेटमा गोल गरे खेलमा बराबरी ल्याए। हसर्न सकिरीले ९० औँ मिनेटमा गोल गर्दै स्वीजरल्यानडलाई विजयी […]