गोरे सुन तस्करी प्रकरणका मुख्य योजनाकार : छानविन समिति

काठमाडौं, ३२ असार । सुन तस्करी र मोरङ उल्र्लाबारीका सनम शाक्यको हत्या प्रकरणका मुख्य योजनाकार गोरे भनिने चुडामणी उप्रेती नै रहेको निष्कर्ष सरकारले गठन गरेको विशेष छानविन समितिले निकालेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले जुटेका प्रमाणका आधारमा थाई एयरलाइन्सका कर्मचारी सानु वनको दुर्घटना र नेपाल वायुसेवा निगमका कर्मचारी प्रेमनारायण चौधरीले प्रहरी […]

२० वर्षपछि फ्रान्सले उचाल्यो विश्वकपको उपाधी

काठमाडाैं । रुसमा सम्पन्न भएकाे विश्वकप २०१८ काे उपाधी फ्रान्सले हात पारेकाे छ । साेमवार राती भएकाे खेलमा क्राेसियालार्इ ४-२ गाेलले पराजित गर्दै फ्रान्सले उपाधी हात पारेकाे हाे । विश्वकपकाे २१ औं सस्करणको फाइनलमा जित हात पारेसँगै फ्रान्स २० वर्षपछि पुन: विश्वविजेता बनेकाे हाे । यसअघि फ्रान्स सन् १९९८ मा पनि विश्वविजेता बनेकाे थियाे । […]

अन्ततः बीमा समितिका अध्यक्षको पद धरापमा, के हो कारण ?

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको पद धरापमा परेको छ । संघीय संसद सचिवालयमा नयाँ बीमा ऐन विधयेक दर्ता भएसँगै अध्यक्ष चापागाँईको पद धरापमा परेको हो । संसद सचिवालयमा गत बिहीबार दर्ता भएको विधयेकमा बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राखिने र हाल रहेको सञ्चालक समिति विघटन गरी नयाँ सञ्चालक समिति गठन गर्ने […]

राजधानीमा नक्कली स्मार्ट लाइसेन्स छ्याप्छ्याप्ती, प्रहरीलार्इ सक्कली र नक्कली छुट्याउनै मुस्किल

काठमाडौं, ३१ असार । नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी […]

विमानस्थलबाटै पूर्वप्रधानमन्त्री पक्राउ, भ्रष्टाचारको मुद्दामा १० वर्षका लागि सिधै जेल लगियो

काठमाडौं, ३० असार । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको हो । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला […]

हृदयाघातका कारण पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन

 काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएका आलमको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पताल पुर्याइएको थियो । ५३ वर्षीय आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका […]

भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु

भक्तपुर, २८ असार । पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । ज्यान गुमाउने लामाका छोरा […]

दुर्गाथलीमा २ जना मृत भेटिए, कसरी घट्यो घटना ?

बझाङ ।  जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् । बझाङको दुर्गाथलीगाउँपालिका बडा नम्बर २ को मैरीबगरमा दुई जना मृत अवस्थामा फेला परेका हुन् । बुधवार सात बजेतिर २ जना मृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ । घटना के कारणले भएको त्यसको अनुसन्धान भइरहेको जिल्लाप्रहरी कार्यालय बझाङकाप्रहरी नायवउपरिक्षक ऋषिराम कडेले बताए […]

सुनतस्करीमा पत्रकारको पनि सम्लग्नता भेटियो, एक पत्रकार पक्राउ, को को छन निगरानीमा

काठमाडाैं, २७ असार । सुन तस्करीमा काे काे सम्लग्न छन भन्ने रहस्यकाे पर्दा झन झन खुल्दै गएकाे छ । राजनीतिक दलका उच्च नेताहरुदेखि , सुरक्षा निकायका उच्च अधिकारीहरु, व्यवसायीहरु धेरैकाे तस्करीमा सम्लग्नताकाे अाशङ्का गरिएकाे छ । यसैक्रममा सुनतस्करीमा पत्रकारकाे समेत सम्लगन्ता रहेकाे खुलेकाे छ । एक पत्रकार तस्करीकै अाराेपमा पक्राउ समेत परेपछि उक्त अाशंका झन […]

मुग्लिनको सडक भाँसिएपछि यात्रुलाई तनाव ,सवारी आवागमन एकतर्फी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी […]