यसरी भाँसिएर बग्न थाल्याे मुग्लिन नारायणगढ सडक

चितवन, १५ भदाै । नारायणगढ मुग्लिन सडक भाँसिदै बग्न थालेकाे छ । केही दिनदेखि लगातार परेकाे अविरल वर्षाका कारण सडक भाँसिदै बग्न थालेकाे हाे । सडक भासिएका कारण आज बिहानबाट साे सडकमा चल्ने सम्पूर्ण सवारी पूर्ण रुपमा बन्द भएका छन । नारायणगढ मुग्लिन सडक आयोजनाले केही दिन यस सडकमा यातायात सूचारु गर्न कठिन हुने जनाएकाे […]

मन्त्रिपरिषद्ले गर्यो बढुवा, खारेज र दुर्इ चरणमा चुनाव गर्ने निर्णय

काठमाडौँ, १४ भदौ । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ । यसअघि सरकारले दुबै निर्वाचन […]

एमालेको सभा विथोल्न खोज्दा जनकपुरमा राजपाका ४७ कार्यकर्ता घार्इते

धनुषा, १४ भदाै । नेकपा (एमाले)ले जनकपुरमा अायाेजना गरेको एक सभालार्इ विथाेल्न खाेज्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ जना नेता कार्यकर्ता घाइते भएका छन् । प्रदेश नम्बर २ काे चुनावी रणनीति तय गर्न तथा कार्यकर्तालार्इ प्रशिक्षित गर्न एमालेले मंगलबार जनकपुरमा अगुवा कार्यकर्ता भेला अायाेजना गरेकाे थियाे । साेही कार्यक्रममा पुगेका एमालेका नेताहरुमाथि कालाेझण्डा र कुचाे […]

उत्तरकाेरियाद्वारा जापानी अाकाशमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले जापानी अाकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेकाे छ । क्षेप्यास्त्र समुन्द्रमा खसेका कारण कुनै क्षति भने भएकाे छैन । उत्तरकाेरियाले परिक्षणका क्रममा उक्त क्षेप्यास्त्र जापानमा पुगेकाे बताइएकाे छ । तर, केहीले भने उत्तर काेरियाले जानी जानी याे क्षेप्यास्त्र जापानतर्फ प्रहार गरेकाे जनाएका छन् । मंगलवार बिहान परीक्षण गरिएको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो […]

सङ्घीय संरचनामा बदलियो नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरी केन्द्रिय संरचनाबाट सङ्घीय संरचनामा रूपान्तरण भएको छ । सङ्घीय संरचना अनुसार क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी एकाइमा रूपान्तरण गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले पाँचवटा प्रदेशका क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यालय नभएको प्रदेश […]

देशको आन्तरिक मामलामा देउवाले बाह्यपक्षलार्इ निम्त्याएको भन्दै एमालेले जनायो कडा आपत्ती

काठमाठौं, ११ भदाै । भारत भ्रमणका क्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएकाे अभिव्यक्तिले देशले शिर झुकाउनु परेकाे भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अापत्ती जनाएकाे छ । प्रम देउवाले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेकाे एमालेले जनाएकाे छ । एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई सङ्लग्न गराउने हानीकारक काम गरेकाे […]

देउवाले हतियार किनेको साढे २ अर्ब मिनाहा गर्न भन्दा मोदीले ठाडै भने ‘नो’

काठमाडाैं, ११ भदाै । हैदराबाद हाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरे, ‘नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने रकम २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस्।’ तर, मोदीले मिनाहा गर्ने वचन दिएनन्। जानकार अधिकारीका अनुसार मोदीले दायाँ–बायाँ बसेका भारतीय अधिकारीलाई हेरेर जवाफ […]

सदभावनाका नेता साहले अपराधबाटै १६ वर्षमा साढे २९ करोड कमाएकाे खुलासा

काठमाडाैं, ११ भदाै । नेपाल सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ। विभागका अनुसार उनले १६ वर्षमा साढे २९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी तवरले आर्जन गरेका छन्। विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जर्बस्ती असुली लगायत […]

वर्षदिनमा १० हजार दुर्घटना । २ हजार नागरिकले गुमाए ज्यान

काठमाडाैं, ११ भदाै । एक वर्षमा देशभर १० हजार दुर्घटना भएका छन्। जसमा २ हजारभन्दा बढीको ज्यान गएको छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ०७३–७४ मा १० हजार १ सय ७८ दुर्घटना भए। ०७२–७३ मा १० हजार १३ दुर्घटना भएका थिए। चालकलाई अनुशासनमा राख्न नसक्दा धेरै दुर्घटना हुने गरेका छन्। फितलो कारबाहीका कारण चालकले लापरबाही […]

एमालेसँग एकता गर्ने तयारीमा नयाँशक्ति । गोप्य छलफलका हिसिला ओली निवासमा

काठमाडौं, ८ भदाै । नयाँ शक्ति नेपालले नेकपा एमालेसंग पार्टी एकता गर्ने तयारी थालेको छ । नयाँ शक्ति नेपालका नेता कार्यकर्ताहरु हुल नै बाँधेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरिरहेका बेला संयोजक बाबुराम भट्टराई पत्नी हिसिला यमी भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी छिन् । एमाले अध्यक्ष ओलीसँग यामीले पार्टी एकताको प्रस्ताव गरेकी […]