काठमाडौँ, २१ साउन । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । भक्तपुरकाे ठिमीमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा खड्का मृत फेला परेका हुन्। अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले पुष्टि गरेको छ । यसैबीच, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ […]
मुख्य विशेष
राजधानीमा फेरि अर्का बालकको अपहरण, अपहरणकारीले मागे करोडौ फिरौती
काठमाडौं, २२ साउन । काठमाडाैंकाे काँडाघारीबाट एक बालक अपहरणमा परेका छन् । अाइतबार साँझ अपहरणमा परेका बालकका अभिभावकलार्इ अपहरणकारीले कराेडाैकाे फिराैती माग गरेकाे पनि खुलेकाे छ । काँडाघारीकी चमेली खड्काका ११ वर्ष वर्षीय छाेरा निशान खड्का अपहरणमा परेका हुन् । निशान अाइतबार साँझ एकाएक हराएपछि उनका अभिभावकले खाेजी गर्दै प्रहरीमा जानकारी गराएकाे बुझिएकाे छ । […]
जाजरकोट सदरमुकाममा पहिरोले दुई घर बगाउँदा सात जनाको मृत्यु, २ जना वेपत्ता
जाजरकोट, २० साउन । अविरल वर्षाका कारण जाजरकोट सदरमुकाममा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । आज आइतबार बिहान ७ बजेतिर एकाएक पहिरो जाँदा दुईवटा घर नै बगेका छन । पहिरोले जाजरकोटका पत्रकार तिर्थराज बोहोरा र उनको घर नजिकै रहेको अर्को घर पुरै बगाएको छ । सोही पहिरोमा परेर पत्रकार तिर्थराज बोहोराकी पाँच […]
काठमाडौ महानगरमा बेथिती नै बेथिती, उपहार, जलपान र भ्रमण शीर्षकमै करोडौ खर्च
काठमाडौं, १८ साउन । स्थानीय निकायमा बेथिति माैलाउदै गएकाे छ । स्थानीय निकायले कुनै अाधार विना नै अाफ्नाे मनपरी तरिकाले वजेेट विनियाेजन गर्ने र खर्च गर्ने गर्न थालेका छन् । अहिले स्थानीय निकायले अाफ्नाे वजेट विनियाेजनका क्रममा राखेका शीर्षक हेर्ने हाे भने सबै चकित पर्छन । जलपान, उपहार खरिद, भ्रमण जस्ता शीर्षकमा कराेडाै रकम यी […]
प्रहरी एसपीले नै महिला प्रहरीमाथि शारीरिक शोषण गरेको भन्दै गृहमा उजुरी
काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) माथि गम्भीर संकट आई परेको छ । प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा कार्यरत एसपी राकेशकुमार सिंहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि हेडक्वार्टरले छानविन समिति गठन गरेको हो । तल्लो दर्जाका महिला कर्मचारीहरुलाई शारीरिक शोषण गरेको भन्दै सिंहविरुद्ध गृहमा बेनामी उजुरी परेपछि हेडक्वाटरले एसएसपी सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन […]
पार्टीभित्र विवादै विवाद पर्न थालेपछि नारायणकाजीले दिए एकाएक राजिनामा
काठमाडौं । पार्टी एकता भएको छोटै समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीच तीब्र मतभेद सुरु भएको छ । बैठकदेखि सार्वजनिक कार्यक्रममा एक अर्काको आलोचनादेखि विरोध असन्तुष्टि हुन लागेको छ । सरकार संचालनप्रति पनि पूर्व माओवादी केन्द्रका नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको विरोध गरिरहेका छन् । व्यवस्थापन भन्दा पनि आन्तरिक किचलो फैलिँदै गइरहेको छ । […]
सिमेन्ट र इन्धनमा अत्यधिक ठगी
काठमाडौँ, १४ साउन । विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो । विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम […]
सडक विभागका इन्जिनिर ३६ लाख घुस र श्रीमतीसँगै पक्राउ
रुपन्देही, १२ साउन । सडक डिभिजन कार्यालय रुपन्देहीका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो। सडक निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग मोटो रकम असुलेका हुन्। यस्तै, घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा ठाकुरकी श्रीमती पनि बाटैबाट पक्राउ परेकी […]
नेकपाका पोलिटब्यूरो सदस्य कार्की र धमलालाई पक्राउ गरी वेपत्ता पारियो
काठमाडौं, १२ साउन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई जना पोलिटब्यूरो सदस्यलाई अपहरणको शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको छ । नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो । सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर लगेको थियो । […]
कुरिनटारमा बस दुर्घटनामा परी ७ जनाको मृत्यु, २५ घाइते, त्रिशुली नदीकिनारमा खस्यो बस
चितवन, ११ साउन । पृथ्वीराजमार्गकाे कुरिनटार नजिक यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने २५ जना घाइते भएका छन् । काठमाडाैंबाट पाेखरातर्फ जाँदै गरेकाे बस कुरिनटारकाे चुम्लिङटारमा पुगेपछि एक ट्रकसँग ठक्कर खाएर त्रिशुली नदी किनारमा खसेर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा ना ६ ख २५०६ नम्बरको बस परेकाे प्रहरीले जनाएकाे छ । […]











