सरकार ढल्ने थ्रेटले रोकियो डनसँगको इन्काउण्टर योजना

काठमाडौं । भारतको लखनउबाट पक्राउ परेका रमेश बाहुनलाई इन्काउण्टरका नाममा गोली हानी हत्या गर्ने प्रहरी योजना असफल भएको खुलासा भएको छ । अपराधको दुनियाँमा वाहुनको सक्रियता डरलाग्दो र चुनौतीपूर्ण बन्दै गएपछि उनको अन्त्य नै सही विकल्प भएको निष्कर्षमा प्रहरी पुगे पनि सरकार ढल्नेसम्मको सम्भावना बढ्दा प्रहरी योजना सफल हुन नसकेको स्रोतको दावी छ । सत्ता […]

एमाओवादी चर्को आर्थिक संकटमा

काठमाडौं, ५ असार । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेर सार्वजनिक यातायत प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भएपनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाई पार्टीभित्रै कतिपयले सस्तो प्रचार भनेपनि खर्च अभावले नेताहरु छटपटिन थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ । संविधानसभामा तेस्रो […]

शान्तिसम्झौता गरेर पार्टीलाई सकिनबाट जोगाए

काठमाडौं, ३ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्तिसम्झौता गरेर आफूले माओवादी पार्टीलाई सकिनबाट जोगाएको बताएका छन ।’ शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिको मूलधारमा नआएर काठमाडौं कब्जा गर्ने रणनीतिमै लागिरहेको भए पार्टी सकिने अवस्थामा पुग्ने स्थिति रहेको दावी पनि दाहालले गरेका छन । आजको अन्नपूर्ण पोष्टमा दाहालले प्रश्न गर्दै भनेका छन, “राष्ट्र, जनता, क्रान्ति र पार्टी […]

सभासदलाई बासी खुवाएपछि चमेनागृह बन्द

काठमाडौ, १ असार । संविधान सभा गृहमा रहेको चमेना गृह बन्द हुने भएको छ । सभासदहरुलाई गुणस्तरहीन र बासी खाना खुवाएको पुष्टि भएपछि संविधानसभा सचिवालय, सिंहदरबार र संविधानसभा भवन, नयाँ बानेश्वरमा सभासदहरूका लागि सञ्चालित चमेनागृह बन्द गरिने भएका हुन् । यसअघि सभासदले नै खाना खाँदा वासी रहेको गुनासो गरेका थिए । त्यसपछि उक्त खाना खाद्य प्रविधि […]

व्यवसायिक पत्रकारहरु छाता संगठनमा

काठमाडौं, २७ वैशाख । नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनबाट व्यवसायिक पत्रकारहरु छाता संगठनमा हावी भएका छन् । पेशामा क्रियाशील रहेका श्रमजीवी पत्रकारहरु नै निर्वाचित भए पछि अब महासंघको छाता संगठन साँच्चिकै श्रमजीवीको भएको बताइन्छ । वैशाख २० र २१ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको महाधिवेशनबाट डा. महेन्द्र विष्टसहितको प्रगतिशील व्यवसायिक प्यानलले अधिकांश पदमा […]

बन्दुक छाडेर बङ्गुरपालनमा माओवादी नेता

पर्वत, २५ वैशाख । शिक्षकको स्थायी जागिर छाडेर सशस्त्र द्वन्द्वमा बन्दुक बोकेका माओवादीका एक जना जिल्ला नेता आजकल बन्दुक छाडेर बङ्गुरपालनमा लागेका छन् । पर्वतको सरौखोला गाविस घर भएका नेकपा–माओवादी पर्वतका पूर्व सेक्रेटरी जयनारायण तिवारी बन्दुक छाडेर व्यवसायिक बङ्गुरपालनमा लागेका हुन । जिल्ला पशुसेवा कार्यालय पर्वतको सहकारी बङ्गुरपालन कार्यक्रममार्फत नेता तिवारीको अगुवाइमा पैयुँखोला बङ्गुरपालन सहकारी […]

पीअारकाे विरोध होइन छाता ऐनको आवश्यकता

काठमाडौ, २५ वैसाख । सरकारले विदेशमा स्थायी बसोवास गर्न ‘पीआर’ लिने कर्मचारीमाथि कारबाहीका लागि निजामती सेवा ऐन संशोधन गर्न खोज्दा आफुहरुको कुनै विरोध नरहेको कर्मचारी संगठनहरुले बताएका छन् । निजामति ऐन २०४९ अध्यादेश मार्फत संशोधन गर्ने प्रकृयामा आफुहरुले केही सुझाव दिएको र त्यसलाई बङ्ग्याइएको कर्मचारी संगठनहरुको भनाई छ । कर्मचारी संगठन विरोधमा उत्रिएको भन्ने कुरालाई कर्मचारी […]

खाद्य कोटा पु¥याउनै समस्या

काठमाडौँ, २५ वैशाख । नेपाल खाद्य संस्थानमा मुलुकका विभिन्न जिल्लाबाट थप ८८ हजार ४५० क्विन्टल चामलको थप माग आएको छ । वर्षाकाल लाग्न लागेको र किसान खेतीपातीमा व्यस्त हुनुपर्ने भएकाले स्थानीय खाद्य समितिको सिफारिसमा सो परिमाणमा चामलको थप माग आएको हो । प्रायःजसो वर्षाकालमा कर्णाली र सोही आसपासका जिल्लामा खाद्य सङ्कट हुने गरेको सन्दर्भमा यसपटक समयमै […]

जलवायु परिवर्तन सहन गर्ने बीउ बन्यो

काठमाडौं, २४ वैशाख । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चालु आवमा जलवायु परिवर्तनलाई ध्यानमा राखेर खाद्यान्न सुरक्षित गर्नका लागि धान र गहुँ बालीमा नयाँ बीउ पत्ता लगाउन सफल भएको जनाएको छ । परिषद्को २३ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नार्कले खाद्य सुरक्षाको दृष्टिकोणले खाद्यान्न बाली धान, मकै र गहुँको अनुसन्धानलाई प्रमुखता दिएको […]

दासतापछिको छलाङ

अनिशा थारू आठ वर्षकी थिइन् । घरमा २५ गाई र १५ सुंगुर थिए । बर्दियाको गुलरिया– १० थपुवामा एउटा सानो घर र पाँच कट्ठा जग्गा थियो । अनिशा गाई चराउन जान्थिन्, सुंगुरको हेरदेख गर्थिन् । उनी पढ्न चाहन्थिन्, तर घरको आर्थिक अवस्था कमजोर भएका कारण त्यो सम्भव थिएन । सम्पत्ति थोरै भएको र आर्थिक अभाव […]