लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा तत्काल बनाएर सार्वजनिक गर्न र पाठ्यक्रममै राख्न सरकारलाई निर्देशन

काठमाडौं, २५ कार्तिक । संघीय संसदको राज्य व्यवस्था समितिले सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । त्यसैगरी समितिले नयाँ नक्सालाई पाठ्यक्रमहरुमा समेत सुधार गरेर राख्न पनि निर्देशन दिएको छ । आज सोमवार सिंहदरवारमा बसेको बैठकमा व्यापक छलफल गरी समितिले यस्तो निर्देशन दिएको हो । सो बैठकले […]

सत्तारुढ नेकपाको बैठक बालुवाटारमा सुरु, को को फेरिएलान मन्त्रीपरिषदमा

काठमाडौं, २५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुन लागेको आजको बैठकले केही मन्त्रीहरु हेरफेर गर्नेबारेमा पनि छलफल हुने बताइएको छ । यसअघि यसै विषयमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य छलफल समेत गरेकोले आजको पार्टीको बैठकमा यो विषयमा […]

अमेरिकी रिपोर्टप्रति विप्लवले दिए कडा प्रतिक्रिया, अमेरिकाले नेपालमा राजनैतिक अपराध गरेको दावी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका छन् । विश्वभर चलिरहेका अशान्ति, युद्ध, विध्वंश, आतंक र नरसंहारको संरक्षक मात्र नभई त्यसको सञ्चालक र स्रोत समेत अमेरिका भएको दावी पनि विप्लवले गरेका छन् । उनले वास्तविक शान्ति, मानवता, स्वतन्त्रता, स्वाधीनता एवं परिवर्तनका वाहक शक्ति, श्रमिक जनता, कम्युनिस्ट […]

उपचार गर्ने वाहनामा कारागारबाट पाँच तारे होटेल र घरघरमा कैदी पुर्याएर मोज गराएको खुलासा, पहरो गर्जदै

काठमाडौं, २४ कार्तिक । जेल सजाय भोगिरहेका एक व्यक्तिलाई अस्पताल लाने वाहनामा पाँच तारे होटलमा लगेर मस्ती गराउने गरेको खुलेपछि नेपाल प्रहरीका एक अधिकृत निलम्बनमा परेका छन् । राजधानीको डिल्लीबजारस्थित सदरखोर जेलमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश ढाँट निलम्बनमा परेका हुन् । उनले चर्चित सुडान घोटला प्रकरणमा दोषी ठहर भई सजाय भोगिरहेका ठेकेदार शम्भु भारतीलाई […]

टुँडिखेल अतिक्रमणको विरोधमा घेराउ

काठमाडौँ, २४ कात्तिक । टुँडिखेल अतिक्रमणको विरोधमा नागरिकले शनिबार टुँडिखेल घेराउ गरेका छन् । टुँडिखेल बचाऊ अभियानले ‘अकुपाइ टुँडिखेल’ कार्यक्रम सुरु गरेको हो । बिहान ८ बजेदेखि १० बजेसम्म सयौँको सङ्ख्यामा उपस्थित नागरिकले टुँडिखेललाई साङ्ले घेराउ गरे । कार्यक्रममा नागरिक समाजका साथै जनप्रतिनिधि, राजनीतिज्ञ, कलाकारहरूले समेत साथ दिए । मुक्त टुँडिखेलको नागरिक अभियानलाई साथ दिन पूर्वमन्त्री तथा सांसद गगन […]

प्रमुख भन्सार नाकाहरुमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिदै

काठमाडौं, २४ कार्तिक । सरकारले देशका मुख्य भन्सार नाकाहरूमै तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको हो। विभागका अनुसार नेपालमा खाद्य तथा पेय पदार्थ आयात हुने वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगायत मुख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिनेछन्। विभागकी […]

सर्वपक्षीय बैठकपछि उत्साहित प्रधानमन्त्रीले भने, राष्ट्रिय सहमति मिल्यो, तत्काल कूटनीतिक पहल गर्छु

काठमाडौँ, २३ कात्तिक । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उक्त पहल गर्ने बताएको हो । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, विषयविज्ञहरू सहभागी सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी […]

प्रधानमन्त्रीको टोली असफल भएको भन्दै सचिवालयका सबैलाइ राजिनामा दिन प्रम ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा ठूलो समस्या सुरू भएको छ । पटक पटक समस्या देखिन थालेपछि प्रम ओलीले आफ्नो सचिवालयमा रहेका सबैलाइ राजिनामा दिन निर्देशन दिएका छन । प्रधानमन्त्रीले सचिवालय सुधार गर्नका लागि अभियान थालेको बताइएको छ । स्रोतका अनुसार प्रमले राजिनामा दिन भनेपछि केही सचिवालयका सदस्यले राजिनामा पनि दिएका छन । प्रम […]

उपत्यकामा सवारीसाधनको बाटो निर्धारण हुन सकेन

काठमाडौँ, २२ कात्तिक । काठमाडौँ उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुनसकेको छैन । मार्ग निर्धारण हुन नसक्दा कतिपय मार्गमा आवश्यकताभन्दा बढी सवारी साधन हुँदा सवारी चाप बढी छ भने ग्रामीण क्षेत्रमा सवारी साधन कम मात्रै चल्दा स्थानीयवासी हैरान छन् । डेढ वर्ष पहिले यातायात व्यवसायीको एकाधिकार तोडेसँगै यातायात […]

सिल्क एयरबाट काठमाडौं ओर्लनेबित्तिकै छोरीसहित समातिएका व्यापारी रुप ज्योति विरुद्ध प्रहरीको यस्तो तयारी

काठमाडौं । प्रहरीले हाउजिङको नाममा ठगी गरेको आरोपमा पूर्व सहायक अर्थमन्त्री रुप ज्योति र उनकी छोरी सुरुचीविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट थप गराएर अनुसन्धान अगाडि बढाएको छ । अदालतले ज्योतिलाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ। सिल्क एयरमा सिंगापुरबाट काठमाडौं ओर्लिएका रुप ज्योतिलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको […]