अदालतको रिहा आदेश मानेन प्रहरीले, अदालत परिसरबाट माइला लामासँगै समाइए पत्रकार र खेलाडी

काठमान्डौ । चर्चीत जनवादी गायक तथा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार परेका छन् । नेता लामा आइतबार उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए। लामासहित नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडाैं सेक्रेटरी धिरेन्द्रा उपाध्याय र इश्वर पनि रिहा भएका थिए । थुनामा […]

प्रहरी महानिरिक्षक खनाललाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ, १८ माघ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाइ राजधानीमा नागरिक अभिनन्दन गरिने भएकाे छ । महानिरिक्षक खनालले नेपाल प्रहरीको इतिहासमा नै पहिलो पटक थालिएकाे समुदाय प्रहरी साझेदारी अभियान सफल गराउन बिशेष योगदान पुर्याएकाे भन्दै उनलाइ अभिनन्दन गर्न लागिएकाे हाे ।  अपराध न्यूनीकरणमा समुदाय, स्थानीय तह, विद्यालय र सामाजिक संघसंस्थासँग सहकार्य अभिवृद्धि गर्ने उद्देश्य याे […]

प्रहरीकै अगाडि एक युवाले प्रदर्शनकारीमाथि चलाए गोली, गोली लागेर विश्वविद्यालयकी छात्रा घाइते

नयाँदिल्ली, १६ माघ । नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक युवाले गोली चलाएका छन् । बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्‍यालीलाई ताकेर ती ‘सन्की’ युवकले गोली चलाएका हुन् । ठूलो मात्रामा सुरक्षाकर्मीको तैनाथीका बाबजुद यो घटना घटेको हो । आफ्नै अगाडि खुल्लमखुला एक सन्की […]

प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त गोली हानाहान

रौतहट १५ माघ । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ । रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत कुण्डवा चैनपुर थाना क्षेत्रको सामुन्ने पर्ने इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमागएराति प्रहरी गस्ती टोली र भारतीय अपराधीबीच दोहरो भिडन्त भएको हो । भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका मोस्टवान्टेड भारतीय अपराधीलाई […]

ओलीले घोषणा गरेको अन्तर्राष्ट्रिय ध्यानकेन्द्रसहितको विशाल आधुनिक सभाहल धमाधम निमार्ण हुदैँ

बुटवल, १५ माघ। झण्डै तीन वर्षअघिको बुद्ध जयन्ती समारोहका लागि तयार पारिएको कार्यक्रम स्थल हावाहुरी र पानीले ध्वस्त बनाइदिएको थियो । सोहि कार्यक्रममा आएका राष्ट्रपति, प्रधानमन्त्रीसहितको विशिष्ट पाहुना टोली भैरहवामै धेरै समय रोकिनुपर्‍‍‍यो ।हावाहुरीले कार्यक्रम पूरै प्रभावित भयो । त्यतिबेलै प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका थिए अब लुम्बिनीमा पाँच हजार जना अट्ने र एकैपटक […]

आस्था राउत बारे बोलीन सांसद कोमल ओली, पहिले सुन्ने अनि थुन्ने

काठमाडौं १४ माघ । राष्ट्रियसभा सदस्य कोमल ओलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकि छन । अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै […]

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

काठमाडौं, १४ माघ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १०६ पुगेको छ । मृत्युको घटना चीनमा मात्र भएको हो । सँसारभर झण्डै पाँच हजारमा संक्रमण भएको तथ्यांक संकलन भइसकेको छ । चीनको उआन क्षेत्रबाट फैलिएको कोरोना भाइरस संसारका अन्य देशहरुमा समेत देखिएको छ । चीनको हुवे क्षेत्रमा गएका दिनमा २४ जनाको ज्यान गएको छ । […]

सुर्खेतमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थिति तनावग्रस्त

सुर्खेत, १४ माघ । वीरेन्द्रनगरमा टिपरले किच्दा एक जनाको मृत्युु भएको छ । कालिकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिपरले किच्दा मृत्युु भएको हो । वीरेन्द्रनगर-३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिपरले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म […]

३ वटा ट्रक एक आपसमा ठोक्किदा, ३ जनाको मृत्यु ९ घाइते

भैरहवा, १४ माघ । रुपन्देहीको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। करिब ६स्३० बजे भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको […]

एनसेल टावर तत्काल हटाउन, सिम बहिष्कार गर्न विप्लव नेकपाको चेतावनी

बुटवल, १३ माघ । एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको छ । नेकपा पाल्पाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेल […]