प्रहरी महानिरिक्षक खनाललाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ, १८ माघ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाइ राजधानीमा नागरिक अभिनन्दन गरिने भएकाे छ । महानिरिक्षक खनालले नेपाल प्रहरीको इतिहासमा नै पहिलो पटक थालिएकाे समुदाय प्रहरी साझेदारी अभियान सफल गराउन बिशेष योगदान पुर्याएकाे भन्दै उनलाइ अभिनन्दन गर्न लागिएकाे हाे । 

अपराध न्यूनीकरणमा समुदाय, स्थानीय तह, विद्यालय र सामाजिक संघसंस्थासँग सहकार्य अभिवृद्धि गर्ने उद्देश्य याे अभियान थालिएको थियाे । नेपाल खड्गी सेवा समितिको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा शनिबार महानिरिक्षक खनाललाई नगर तथा सामाजिक स्तरबाट अभिनन्दन गर्न लागेको छ ।

काठमाडौँको दरवार क्षेत्र बसन्तपुरमा हुने कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुद सागमा बक्सिङ्गमा स्वर्ण पदक विजेता सनिल शाही र तेक्वान्दो खेलमा रजत पदक बिजेता मनिता शाहीलाइ पनि सम्मान गरिने भएको छ । यसैगरि समुदाय, मौलिक परम्परा, स्थानीय विषयलाइ प्राथमिकताका साथ विभिन्न सञ्चार माध्यमबाट नागरिकमा सुसूचित गर्न विशेष योगदान पुर्याउने ६ जना पत्रकार, समाजका विशेष व्यक्तित्वका साथै फुटसल प्रतियोगितामा बिजयी खेलाडीलाइ नगदसहित सम्मान गरिने समितिका अध्क्षय अन्जिता खड्गीले जानकारी गराएकी छन ।

कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य हुने बताइएकाे छ । त्यसैगरी विशिष्ट अथितिमा पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, अतिथिमा प्रहरी नायव निरिक्षक विश्वराज पोखरेल, प्रहरी वरिष्ठ उपरिक्षक उत्तमराज सुवेदी, बरिष्ठ उपरिक्षक सहकुल थापा र बरिष्ठ उपरिक्षक उमेशराज जोशी लगायत अन्य विभिन्न सामाजिक संस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएकाे छ‍ ।  

Loading...