काठमाडौं । यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो । २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । […]
मुख्य विशेष
करिश्मा मानन्धर महानायिका घोषित
राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने दुई दर्जन महानुभावहरुलाई सम्मान गरिएको छ । आर के इन्टरटेनमेन्ट ग्रुपको विसौं वार्षिकोत्वको अवसरमा शनिवार राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले नेपाल विद्युत प्राधिकरणका पूर्व महानिर्देशक कुलमान घिसिङ, वरिष्ट स्त्रीरोग विशेषज्ञ तथा गितकार डा.भोला […]
आज पनि हिमपात र वर्षाको पूर्वानुमान
काठमाडौँ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा […]
रहस्यमय मृत्यु भएका नेकपा नेता वाग्लेको शव मेडिकल प्रयोगका लागि क्यान्सर अस्पताललाई दिइयो
काठमाडौं । बुधवार रहस्मय तरिकाले सवारी दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराम वाग्लेको शव वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल धरानलाई दिइएको छ । वाग्लेले मृत्युपश्चात आफ्नो मृत शरिर मेडिकल अध्ययनका लागि धरान स्थित क्यान्सर अस्पताललाई दिन सहमति जनाएका थिए । उनको सोही इच्छा र जिवितै छँदा गरेको सहमति अनुसार वाग्लेका […]
बुटवलको कान्ति मावि कक्षा १२ मा सर्वोत्कृष्ट
बुटवल, २० माघ । बुटवलको कान्ति माध्यमिक विद्यालयमा विज्ञान संकायतर्फकी छात्रा अंकिता गैरे कक्षा १२ मा सर्वोत्कृष्ट भएकी छन् । सोमबार प्रकाशित भएको कक्षा १२ को नतिजा अंकिताले ३.९२ जीपीए प्राप्त गरेकी छन् । त्यसैगरी सोही विद्यालयकै व्यवस्थापन संकायतर्फकी छात्रा आयुषा खातीले पनि ३.९२ जिपिए प्राप्त गरेकी छन् । कान्ति माविबाट यस वर्ष कक्षा १२ […]
आठ कारण देखाउँदै सभामुखले फिर्ता पठाए सुनुवाइका लागि संसदमा पठाइएका सक्कलै कागजात
काठमाडौं, १८ माघ । संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा पठाएका कागजात सभामुखको कार्यालयले सक्कलै फिर्ता पठाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले यस सन्दर्भका लागि सरकारले पठाएका सबै कागजात फिर्ता गर्दै त्यसरी फिर्ता पठाउनुका ८ कारण समेत दिएका छन् । सभामुखको पत्रमा कानुनका सबै दफाहरु उल्लेख समेत गरिएको […]
यसपटक पुनर्स्थापना नभए हरेक दुई वर्षमा संसद् विघटन हुने दावी
काठमाडौं, १४ माघ । वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले संसद पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने बताएका छन्। बुधबार संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा बहस गर्दै संग्रौलाले पुनर्स्थापना नभए गलत नजिर बस्ने र हरेक दुई वर्षमा संसद् विघटनको बाटो खुल्ने बताएका हुन्। संसद्को आयु ५ वर्ष लेखे पनि त्यो संविधानमै सीमित […]
पेस्तोलसहित लैनचौरबाट एक पक्राउ
काठमाडौँ । काठमाडौँको लैनचौरबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घर भई काठमाडौंको सामाखुसी टाउन प्लानिङ्ङ बस्ने २८ वर्षका कृष्ण चौलागाइँलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट […]
यस्ता छन मन्त्रिपरिषदका पछिल्ला निर्णय
काठमाडौँ । सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकका निर्णय अनुसार सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति […]
लोकसेवाले ठूलो संख्यामा सुब्बामा जागिर खुलायो
काठमाडौं, २९ पुस । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवाले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको हो । कूल ८४३ संख्या मध्ये खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने लोकसेवाले जनाएको छ । आयोगले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको छ । […]











