काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका छन्। शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन्। ‘अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो […]
मुख्य विशेष
चुनाव लड्न काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। माघ ४ गतेदेखि लागू हुने गरी उनले राजीनामा दिएको जानकारी दिएका हुन्। पाण्डेले भने, “मैले राजीनामा बुझाइसकेको छु। माघ ४ गतेदेखि मात्रै लागू हुनेछ।” उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन्। आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका पाण्डेले काठमाडौँबाटै चुनाव लड्ने बताएका […]
एमालेले ४ माघदेखि चुनावी अभियान थाल्ने
काठमाडौं । नेकपा एमालेले आगामी ४ माघदेखि चुनावी अभियान थाल्ने निर्णय गरेको छ । बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा गर्ने कार्यक्रमबाट एमालेले चुनावी अभियान थाल्ने भएको हो । ‘भृकृटीमण्डपबाट शुरु भएर प्रज्ञा भवनमा सभा हुनेछ,’ बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले भनिन्, ‘सभाबाट बागमती प्रदेश कमिटी अन्तर्गत रहेका १८ वटै निर्वाचन क्षेत्रमा जित्ने घोषणा हुनेछ ।’ अध्यक्ष […]
गगन, विश्वप्रकाश र फरमुल्लाको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो
काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ । कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाएको हो । उनीसँगै अकां महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम पनि वेबसाइटबाट हटाइएको छ । भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा […]
गोरखापत्रको अध्यक्षमा भक्तपुरका भण्डारी
भक्तपुर । गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी) नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भक्तपुरका भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारी लामो समय निजी लगानीका मिडियामा नेतृत्वदायी भूमिकामा सक्रिय रहेका पत्रकार […]
ट्रम्पको चेतावनीपछि उग्र बनेको इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो
काठमाडौँ । इरानमा दुई सातादेखि जारी प्रदर्शनमा ५०० जनाको मृत्यु भएको दाबी गरिएको छ। अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको भनेर रिपोर्ट सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। त्यस्तै साढे १० हजारभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। इरान सरकारले भने मृत्यु हुनेको आधिकारिक […]
दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ । निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र […]
महेश बस्नेतको टिप्पणी : कुलमान न घरको न घाटको भए, अब पालो बालेनको
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास असफल भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको दाबी गरेका छन्। रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार […]
केन्द्रीय सदस्यलाई प्रमाणपत्र बाँडेर सकियो एमाले बैठक
काठमाडौँ । पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएको खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेर नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ । ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको बैठकले अध्यक्षले राखेको समसामयिक प्रस्ताव पारित गर्दै सकिएको एमाले प्रचार विभाग प्रमुख मीनबादुर शाहीले जानकारी दिए […]
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका हुन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री […]











