काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।
‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’







