नगदेशमा ध्वाक्सी गणेश मन्दिर पुनर्निर्माण शुरु

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले सांस्कृतिक सम्पदा संरक्षण र पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वडा नं. ७ स्थित ऐतिहासिक ध्वाक्सी गणेश मन्दिर को पुनर्निर्माण कार्य सुरु गरेको छ। प्राचीन स्वरूप जोगाउने लक्ष्यसहित अघि बढाइएको यो आयोजनाले ध्वाकासी परिसरको समग्र मुहार परिवर्तन गर्ने अपेक्षा गरिएको छ। धार्मिक विधिसहित शिलान्यास २०८२ पुस ९ गते आयोजित विशेष समारोहमा […]

यस्ता छन् भक्तपुर-१ मा लवजुले मत पाउने पाँच आधार

Hariram lawaju

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वरिष्ठ अधिवक्ता  हरिराम लवजु उम्मेदवार रहेका छन् । आफ्नो लामो संघर्षपूर्ण जीवन, व्यावसायिक क्षमता र स्पष्ट विकास दृष्टिकोणका आधारमा तारा चुनाव चिह्नमा मत माग्दै उनले चुनावी अभियान पनि तीव्र पारेका छन्। लवजुले १७ वर्षकै कलिलो उमेरमा जनअधिकार र निरंकुशताविरुद्धको आन्दोलनमा […]

भक्तपुर २ मा ३२ उम्मेदवारको मनोनयन दर्ता

भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ३२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। राजनीतिक दलका तर्फबाट १७ जना र स्वतन्त्र १५ जना गरी ३२ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रामप्रसाद सापकोटा दीपशिखाले उम्मेदवारी दर्ता गराएका छन् । […]

कांग्रेस विवादमा १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न सर्वोच्चले दियो अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा १५ दिनभित्रै अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्र अग्राधिकार प्रदान गरेको हो । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा […]

रवि लामिछानेले चितवन–२ मा वारेसमार्फत् दिए उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन–२ मा वारेसमार्फत् उम्मेदवारी दिएका छन्। पर्सा, काठमाडौं र रूपन्देही जिल्ला अदालतमा सुनुवाइ चलिरहेकाले आफूले वारेसमार्फत् उम्मेदवारी दिनुपरेको उनले बताएका छन्। पर्सा अदालतले लामिछानेसँग एक करोड धरौटी माग गरेको छ। अन्य दुइटा अदालतमा सुनुवाइ चलिरहेको छ। ‘देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर […]

बालेन प्रधानमन्त्री नबने म जनकपुरको रणभूमिमा आत्मदाह गर्छु : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् । जनकपुरमा सोमबार आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै उनले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने ठुकुवा गरेका हुन् । ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री […]

भक्तपुर-२ मा रास्वपाबाट राजीब खत्री उम्मेदवार

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ। रास्वपाले खत्रीलाई भक्तपुर-२ मा उम्मेदवारी दिने भएको एक नेताले बताए। पूर्व पत्रकार उनी केही समयअघि रास्वपा प्रवेश गरेका थिए। यही क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि उम्मेदवार छन्। दुई जनाबीच यस क्षेत्रमा प्रतिस्पर्धा हुने […]

एकाबिहानै जानकी मन्दिरको आरतीमा पुगेर बालेन गरे पूजा, त्यसपछि शहिदको शालिकमा माल्यार्पण

धनुषा । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा रास्वपा नेता बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका छन्। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए। दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना […]

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिाल टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र […]

सञ्चारमन्त्री खरेल भन्छन् : संसदमा जाने रहर छ, चुनाव लड्छु

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका छन्। शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन्। ‘अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो […]