रौतहट । किसानले घरमा पालेको बोका चोर्ने एक युवक पक्राउ गरेको परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका– ६ का २७ वर्षीय विक्रम ठाकुर रहेका छन्। चन्द्रपुर नगरपालिका–५ का एक किसानको घरबाट गए राति सवा ८ बजेतिर चोरी भएको बोकासहित ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]
मुख्य विशेष
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु, ५ घाइते
हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। हेटौंडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको […]
आज वैशाख कृष्ण औँसीः आमाप्रतिको सम्मान र भावनाको अभिव्यक्तिको दिन
काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । यसदिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र […]
दाइजो लिनु–दिनुमात्रै नभइ त्यसमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि दण्डनीय : उपसभामुख
काठमाडौं । उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने बताएकी छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् लिनु–दिनुमात्रै नभएर दाइजोको लेनदेनमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी हुन् । ‘दाइजो लिनु र दिनुमात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी […]
नेपालका लागि जापानका राजदूतसँग परराष्ट्रमन्त्रीको भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि जापानका राजदूत माएदा तोरुसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा अवसरमा नेपाल–जापान सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । साथै, यसवर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने लगायतका विषयहरूमा पनि छलफल भएको […]
हंगेरीमा १६ वर्ष लामो ‘ओर्बान युग’ शासन ढल्यो, युरोपेली संघ पक्षधर म्याग्यारलाई ऐतिहासिक मत
बुडापेस्ट । युरोपेली संघ (ईयू) को नीतिको कडा आलोचक मानिने हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाएका छन्। आइतबार सम्पन्न निर्वाचनमा हंगेरीका नागरिकले ऐतिहासिक रूपमा मतदान गर्दै युरोपेली संघको पक्षमा वकालत गर्ने मध्य-दक्षिणपन्थी नेता पिटर म्याग्यारलाई अत्यधिक मत दिएका हुन्। देशको सुस्त अर्थतन्त्र र बढ्दो महँगीका कारण ६२ वर्षीय ओर्बानको राष्ट्रवादी ‘फिडेज’ पार्टीले म्याग्यारको […]
राष्ट्रिय खो–खो प्रतियोगिता सुरु: दुबै समूहमा आर्मीको विजयी सुरुवात
कीर्तिपुर । कीर्तिपुरस्थित कभर्ड हलमा राष्ट्रिय स्तरको खो–खो प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमै नेपाल आर्मीले पुरुष र महिला दुबै समूहमा प्रभावशाली जित निकाल्दै प्रतियोगितामा दमदार सुरुआत गरेको छ। आठौँ पुरुष तथा सातौँ महिला संस्करणअन्तर्गत भएको खेलमा आर्मीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। पुरुषतर्फ आर्मीले ७ अंक जोडेको बागमती प्रदेशलाई २८ अंकको फराकिलो अन्तरले पराजित गर्यो। […]
घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ। बुधबार तोलामा सात हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला चार हजार तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९९ हजार रूपैयाँमा कारोबार […]
अमेरिका-इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य, आज तोलालाई कति ?
काठमाडौँ । अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा ७ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो । महासङ्घले सार्वजनिक गरेको विवरण […]
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा चौधरी
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छिन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्य सभापति गोपालकुमार बस्नेतले गरेका थिए । सभापति बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक मात्र प्रस्ताव राखेकोमा उक्त […]









