प्रधानन्यायाधीशमाथिका आरोप छानविन गर्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको आह्वान

काठमाडौँ- नेपालमा न्यायिक स्वतन्त्रता र अखण्डता संकटमा परेको भन्दै तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले त्यसको रक्षा गर्न आह्वान गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभा र न्यूयोर्कबाट शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै इन्टरनेशनल कमिसन अफ जुरिस्ट, ह्यूमन राइट्स वाच र एम्नेष्टी इन्टरनेसनलले मानवअधिकार तथा विधिको शासन कायम न्यायपालिकाको स्वतन्त्रता र अखण्डताको रक्षा गर्न आह्वान गरेका हुन् । प्रधानन्यायाधीशमाथि […]

सर्वोच्चमा कानुन ब्यवसायीको जुलुस, दुईपक्षबीच झडप, पाँच जना पक्राउ

काठमाडौं, २६ कार्तिक । सर्वोच्च अदालत अगाडि सडकमा कानुन व्यवसायीले गरेको जुलुसमा झडप भएको छ । आन्दोलनका पक्षधर कानुनव व्यवसायी र आन्दोलनको विपक्षमा रहेका कानुन व्यवसायीबीच विवाद हुँदा झडप भएको हो। कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालततर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि […]

बागमतीका नवनियुक्त मन्त्री जम्मकट्टेल र लामाले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्री शालिकराम जम्मकट्टेल र निमा लामाले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार उनीहरूलाई शपथ गराएका हुन् । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेल तेस्रो वरियतासहित आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । उनै जम्मकट्टेल तत्कालीन नेकपाको सरकार हुँदा दोस्रो वरियतासहित आन्तरिक मामिला तथा […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ– बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १२ दिन अघि पनि मूल्य बढाइएको थियो । यसरी दुई हप्तामा दुई पटक मूल्य बढेको हो […]

तिलक परियार, परशुराम खापुङ र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ […]

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीलाई स्पष्टीकरण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन् । बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम) मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा शनिबार बिहान कार्यकारी प्रमुख रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो । कार्यकारी प्रमुखले […]

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा शपथ ग्रहण

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार अबेर उनलाई शपथ गराएका छन् । शाही मंगलबारै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मंगलबार मुख्यमन्त्रीलेमात्र शपथ ग्रहण गरेका छन् । अन्यमन्त्रीहरुको शपथ ग्रहण मंगलबार भएन । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) […]

पाँच दिने अल्टिमेटमसहित नेपाल बारले घोषणा गर्यो चरणबद्ध आन्दोलन

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल बारको शुक्रबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारले यही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो […]

मंसिर २७ देखि महाधिवेशन गर्न कांग्रेस केन्द्रीय निर्वाचन समितिको प्रस्ताव

काठमाडौँ– नेपाली कांग्रेसको मंसिर ९ देखि १३ गतेसम्म गर्ने भनिएको महाधिवेशन सर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले महधिवेशनलगायत स्थानीयदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिका परिवर्तन गर्न प्रस्ताव गरेको छ । निर्वाचन समितिले महधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्न प्रस्ताव गरेको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘केही […]

बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौँ । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । ३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको […]