प्रेस चौतारी सिन्धुलीको अध्यक्षमा दाहाल

सिन्धुली । सत्तारूढ दल नेकपा(एमाले)निकट प्रेस चौतारी नेपालको सिन्धुली जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएको छ । मंगलबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा विनय दाहाल निर्वाचित भएका चौतारीका नेता प्रेमकुमार दाहालले जानकारी दिए । उनले दिएको जानकारी अनुसार उपाध्यक्षमा उद्दव श्रेष्ठ र  सुनिता विक निर्वाचित भएका छन् । […]

भक्तपुरबाट तीर्थयात्री बोकेको बस पृथ्वी राजमार्गमा पल्टिँयो, एकको निधन

भक्तपुर । भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बा ३ ख ८९२३ नम्बरको बस गएराती १० बजे धादिङको थाक्रे गाउँपालिका- ७ नौबिसेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । गुड्दागुड्दैको बस […]

नगदेशमा नवराज राजा

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द यो जात्रा यस वर्ष स्थानीय युवाहरूको सक्रियतामा आइतबार सम्पन्न भएको हो । श्री स्वस्थानी ब्रतकथामा आधारित पुलुकिसी जात्रा हरेक वर्ष नगदेशमा हुँदै आएको भए पनि बिगत १२ वर्षदेखि खर्च व्यवस्थापन गर्न नसकेर जात्राले निरन्तरता पाउन सकेको थिएन । […]

समाजवादी क्रान्तिका दुई चरणबारे बहस

काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं अभियन्ताहरुले बताएका छन् । अर्थ राजनीतिका बिश्लेषक तथा लेखक डीपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’बारे राजधानीमा परिचर्चा गर्दै शनिबार समाजवादी नेता एवं अभियन्ताहरुले नेपाली विशेषता सहितको समाजवादको आधार निर्माण गर्नुपर्ने आवश्यकता औल्याए । शंखमुलको बर्गर क्लबमा ननस्टप मिडियाले आयोजना […]

यौन शिक्षा दिएको दावी गर्ने मदन राईलाई जेल

बालयौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष कैद तोकेको छ। खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज शुक्रबार पेशी तोकेको थियो। शुक्रबार उनलाई साढे २ वर्ष कैदको फैसला सुनाएको हो। यस्तै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा […]

प्रेस काउन्सिललाई पत्रकार महासंघ उपत्यका प्रदेशको ध्यानाकर्षण पत्र

काठमाडौ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश अध्यक्ष टेनिस रोकाको नेतृत्वमा महासचिव आशिष गुरागाई र कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको हो । प्रतिनिधि मण्डलले काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतलाई उनकै कार्यकक्षमा पुगेर ज्ञापन पत्र बुझाएको महासचिव आशिष गुरागाईले जानकारी गराए […]

सरकारमाथि प्रचण्डका प्रश्नैप्रश्न : पढ्नुस् संसदमा गरेका सम्बोधनको पूर्णपाठ

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधिसभामा गरेका सम्बोधनको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ । सम्माननीय सभामुख महोदय, सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो बलिदान दिएका आदरणीय वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, पटकपटकका क्रान्ति र आन्दोलनहरुका बेपत्ता यौद्धा र घाइते क्रान्तिवीरहरुप्रति आभार प्रकट गर्दछु । संसदको यो अधिवेशन विधेयक […]

अमला काण्ड भन्दै भाइरल गराउने ३८ युट्युबलाई कार्वाही

काठमाडौ । झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ भाइरल गराउने युट्युब च्यानल कार्वाहीमा परेका छन् । पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको हो । घटनालाई अतिरञ्जित गराइ पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर […]

बेलायती अधिराजकुमारी भक्तपुरमा

  भक्तपुर । बेलायती राजकुमार एडवार्डकी श्रीमती अधिराजकुमारी सोफिया बुधबार बिहान भक्तपुर आइपुगेकी छन्। नेपाल भ्रमणमा रहेका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया फरक-फरक कार्यक्रम अन्तर्गत नेपाल आएका हुन्। सोफिया विशेष रूपमा भक्तपुर अस्पताल अवलोकन गर्न आइपुग्नु भएको हो।   भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार, सोफियाले अस्पतालको प्रशुती विभाग अवलोकन गरेकी छन्। […]

काठमाडौं इन्जिनियरिङ कलेजले जुगल गाउँपालिकामा सहयोग गर्ने

काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा सरस्वती पूजा र च्यारिटी शो सम्पन्न भएको छ । कालिमाटीस्थित कजेल प्राङ्गणमा माघ सोमबार सरस्वती पूजा र मंगलबार क्यारिटी शो सम्पन्न भएको हो । कार्यक्रममा कलेजका अध्यक्ष तथा प्राचार्य प्रोफेसर इन्जिनियर हिरेन्द्रमान प्रधानले त्याग, तपस्या र ध्यानले मात्रै ज्ञान प्राप्त हुने उल्लेख गरे ।  विचलनका तत्ववाट विद्यार्थीहरु वच्नुपर्ने प्रस्ट पार्दै उनले […]