नयाँ शक्ति भ्रम भएको भन्दै फर्कियो पौडेलको टोली, ३ बजे पार्टी प्रवेश तय

काठमाडाैं । माओबादी केन्द्रलाई पुरानो मक्किएको घर भन्दै नयाँ घर बनाउन निस्केका देवेन्द्र पौडेलको टीम पुरानै घरमा फर्कने टुंगो लागेको छ । मंगलवार दिउसो एक औपचारिक कार्यक्रमकाबीच उनीसहित सयौको संख्यामा पुराना माओबादी नेता कार्यकर्ता माओबादी केन्द्रमा फर्कने भएका हुन् ।   बाबुराम भट्टराइको नेतृत्वमा नयाँ शक्ति बनाउने भन्दै निस्केका प्रभावशाली नेता पाैडेल लगायतको टोली बाबुरामले […]

भिखारी संघका अध्यक्षकाे घरबाट लाखाैंको बोरा बरामद

बिराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला […]

अन्तत: सर्यो शिक्षकको परीक्षा

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि निर्धारण गरेको परीक्षा मिति सरेको छ । भाद्र ३ गते हुने भनिएको परीक्षा भाद्र १० गतेका लागि सरेको हो । यस अघिपनि आयोगको आन्तरिक कारण देखाई सारिएको परीक्षा एस पटक बाह्रय कारण देखाई सारिएको छ । आयोगले दोस्रोपटक परीक्षा सार्नुको कारण देशमा बर्षाले निम्त्याएको बिपत्ति भएको बताएको […]

नेकपाले आफ्नो सबै शक्ति बाढी र डुवान क्षेत्रमा खटाउने

काठमाडौँ, ३० साउन । नेपाल कम्युनिस्ट पार्टीले राज्य संचालकहरु उत्तरदायी नभएका कारण जनता असुरक्षित र जोखिमपूर्ण जीवन बाच्न बाध्य भएको बताएको छ । देसभर बाढी र डुवानले जनताले ज्यान गुमारहँदा पनि सरकारले कुनै उल्लेख्य कदम चाल्न नसकेकाे भन्दै नेकपाले अाक्राे पनि व्यक्त गरेकाे छ । नेकपाका प्रवक्ता प्रकाण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै जनताकाे जीवनसँग […]

रातारात जनतालार्इ राज्यसत्ता चाहिन्छ : प्रकाण्ड

काठमाडौँ, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीले राज्य संचालकहरु उत्तरदायी नभएका कारण जनता असुरक्षित र जोखिमपूर्ण जीवन बाच्न बाध्य भएको बताएको छ । देसभर बाढी र डुवानले जनताले ज्यान गुमारहँदा पनि सरकारले कुनै उल्लेख्य कदम चाल्न नसकेकाे भन्दै नेकपाले अाक्राे पनि व्यक्त गरेकाे छ । नेकपाका प्रवक्ता प्रकाण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै जनताकाे जीवनसँग […]

त्यस्तो माओवादी यस्तो कसरी भयो ?

कमान्डर कमरेडहरूको तथ्याङ्कअनुसार जनयुद्धमा लडिएका युद्धहरूमा ८५ प्रतिशत युद्धहरू माओवादीले जितेको थियो । १५ प्रतिशत युद्धहरू मात्र असफल भएका थिए । युद्धमा भएको हताहति हेर्दा पनि सर्वसाधारण नागरिकलाई छोड्ने हो भने जनमुक्ति सेनातर्फ निकै कम क्षति पुगेको छ । ८० प्रतिशत भू–भाग माओवादी सत्ताको नियन्त्रणमा थियो । जनयुद्धकालमा माओवादी सैन्यमोर्चामा ८५ प्रतिशत र भूगोलमा ८० […]

कोसीको बाढी खतराको संकेतमाथि । भारतले सबै ढोका खोल्न अझै मानेन 

इटहरी, २८ साउन । कोशी व्यारेजमा पानीको वहाब खतराको संकेत चिन्हभन्दा माथि पुगेको छ । शनिवार साँझ गरिएको मापन अनुसार नदीको पानी दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ । लगातार परेको वर्षाका कारण नदीमा पानीको वहाव बढ्दै गएको भए पनि भारतले भने अझै मानेको छैन ।  अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको […]

डियर ! तिम्रो नाममा डीभोर्सको फिराद

प्रिय सुञ्जुकी ! प्रियतम ! म यस प्रौढढल्को मानसिक तन्नेरीले भर्खरै एउटा दुःखान्त निर्णय गरेँ… । यसले हाम्रा जीवन र सन्ततीलाई अर्थ र असर पार्छ । जान्दछु तर पनि । प्रिय ! मलाई माफ गर । म तिमीसँग अब डिर्भाेस गर्न जाँदैछु । तिमीले यो आभास त पाएको धेरै दिन भयो नै । तर, डिभोर्सको […]

संसदीय व्यवस्थामा आएवापत कांग्रेसले बक्सिस स्वरुप भरतपुरमा मेयर दिएको विप्लवको टिप्पणी

काठमाडौं, २५ साउन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्र र कांग्रेसबीच सत्ता र चुनाव प्रयोजनका लागि गरिएको गठबन्धनलाई इतिहासकै खराब गठबन्धन भएको बताएका छन् । विचारधारात्मक रुपमा राजनीतिक पार्टीहरुबीच हुने गठनबन्धनमध्ये माके–कांग्रेस गठबन्धन अहिलेसम्मकै खराब भएको बताए । गठबन्धनलाई विभिन्न कालखण्डमा विश्व इतिहासमा भएका च्याङकाईसेक र चाङक्वोथाओ, जर्मन सरकार र सिदेमान, फ्रेन्च […]

प्रचण्डमाथि केपीले हाने कडा झटारो । जमिन्दार बनेर माअोवादी खाएको अारोप

काठमाडौं, २६ साउन । विपक्षीमाथि चोटिलो प्रहार गर्न निकै माहिर मानिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटा अर्को प्रहार बाहिर आएको छ । यसपटक पुनः ओलीले नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन् । नेता ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जमिन्दारको संज्ञा दिएका छन् । राजधानी काठमाडौंको धुम्वाराहीमा रहेको […]