काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । नेपाल सरकारबाट […]
फ्लास न्यूज
इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण
काठमाडौं । विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ । थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल […]
गोकुल बास्कोटा भन्छन् : कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे टिप्पणी गर्दै अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाईमेक्स’ (उत्कर्ष) र ‘कोल्याप्स’ […]
समानुपातिक सिट बाँडफाँटको गणित : रास्वपा ५७, कांग्रेस २०, एमाले १६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ। अन्तिम गणनाअनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ। यही मतका आधारमा प्रतिनिधिसभाका ११० समानुपातिक सिटको बाँडफाँट हुने छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार सिट बाँडफाँट गर्दा सुरुमा सबै दलले प्राप्त गरेको मत जोडेर कुल सदर मत निकालिन्छ। त्यसपछि प्रत्येक दलले पाएको […]
पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ । आज […]
रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन वार्ता भएको छ । वार्ता मध्यपूर्वमा जारी लडाइँमा केन्द्रित थियो । मंगलबार राति भएको टेलिफोन कुराकानीको क्रममा पुटिनले युद्ध छिट्टै रोकेर क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ । पुटिनले यस द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्ने दोहोर्याएका थिए […]
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत […]
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किए, आठ जना घाइते
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट […]
भावी प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाकाे नाम सिफारिस
काठमाडौँ । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ। आउँदो चैत १८ गते उमेरहदका कारण प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अवकाशमा जाँदैछन्। त्यसपछि रिक्त हुने पदका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम […]
मध्यपूर्व द्वन्द्वले भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् । भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) […]











