रास्वपा सँगको एकतापछि उज्यालो नेपाल पार्टीभित्र आन्तरिक कलह सुरू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता घोषणालगत्तै कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीभित्र तीव्र असन्तुष्टि र आन्तरिक कलह सुरू भएको छ। विशेषगरी संघीयता र धर्मनिरपेक्षता जस्ता गम्भीर सैद्धान्तिक मुद्दामा सहमति जुट्न नसकिरहेका बेला पदीय भागबण्डा र पूर्वसहमति उल्लंघनको विषयले विवाद थप उत्कर्षमा पुगेको हो। उज्यालो नेपालका नेताहरूले रास्वपाको नेतृत्व तहले गरेको व्यवहारलाई ‘अपमानजनक’ […]

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरूङको घोषणा

काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।शुक्रबार उनले सामाजिक सञ्जालमार्फत औपचारिक घोषणा गरेका हुन्। ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ उनले भनेका […]

टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन र मिसिल झिकाउन उच्चको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको निवेदनमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन र अन्य मिसिल झिकाउन आदेश गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले शुक्रबार कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो । बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति […]

खुश्बु र सरस्वतीलाई समानुपातिक सूचीमा राखिएको भन्दै राप्रपा कार्यालयमा होहल्ला र विरोध

काठमाडौँ । राप्रपाका महिला नेतृहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर होहल्ला गर्दै ‘परिवारवाद’ अन्त्यको मागसहित नाराबाजी गरेका छन् । पार्टीले समानुपातिक सूचीमा राखेका उम्मेदवारहरू सही नभएको भन्दै महिला सङ्गठनकी सचिव चम्पा अधिकारी सहितका नेतृहरूले महामन्त्री राजेन्द्र गुरुङलाई ज्ञापनपत्र नै बुझाएका छन् । शुक्रबार दलबलसहित पुगेका महिला नेतृहरूले सो क्रममा परिवारवादको विरोधमा चर्को नाराबाजी गरेका थिए भने […]

कांग्रेस संस्थापन समूहले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन रोक्न आग्रह गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निष्कर्ष निकालेको छ । काठमाडौंको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारे छलफल भएको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । ‘इतिहासको मोडलमा पेलिचो छ । पार्टी विभाजन र […]

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिका-९ पजारुबाट थलह तर्फ आउँदै गरेको उक्त जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको […]

वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका हुन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री […]

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । यसअघि […]

शेखर कोइरालालाई सँगै राखेर पत्रकार सम्मेलन गर्दै कांग्रेस कार्यवाहक सभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन हुनेछ। उक्त कार्यक्रममा कार्यवाहक सभापति खड्काले नेता शेखर कोइरालालगायत नेताहरूलाई सँगै राखेर पत्रकार सम्मेलन गर्न लागेको नेताहरूको भनाइ छ। ‘कार्यवाहक सभापति एवं पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको […]

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका) ले मन्त्री बब्लु गुप्तालाई आफ्नो कुनै पनि आधिकारिक कार्यक्रममा नबोलाइएको स्पष्ट पारेको छ। एनआरएनए अमेरिकाले जारी गरेको प्रेस विज्ञप्तिमा संघको नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भन्दै सार्वजनिक गरिएका सूचनाहरू भ्रामक रहेको जनाएको छ। संघका अनुसार एनआरएनए अमेरिका अन्तर्गत आयोजना हुने कार्यक्रम, भेटघाट वा […]