जनकपुर । प्रहरीले गोली हानेर २ जना लागुऔषध कारोबारीलाई समातेको छ । लागु औषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको टोलीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली प्रहार गरेर दुई जना लागु औषध कारोबारीलाई पक्राउ गरिएको ब्यूरोका एक अधिकृतले बताए । प्रहरीको गाेली लागेर लागु औषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् । उनको दायाँ […]
फ्लास न्यूज
नेपालका जेलमा २८ हजार ७ सय १८ जना कैदीबन्दी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ […]
नागरिक उन्मुक्तिको अध्यक्षमा लालवीर चौधरीलाई आयोगले दिएन आधिकारिकता
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, मंगलबार अबेर निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको स्रोतले बतायो। यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने स्थिति बनेको […]
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना […]
आजको मौसम : सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । […]
सिटिइभिटीका तीन सदस्यलाई मन्त्री पन्तको प्रतिशोधपूर्ण पत्र, मन्त्रीबाटै ऐनको उल्लंघन
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)का तीनजना सदस्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बर्खास्तीको पत्र थमाएका छन् । परिषद् अध्यक्षसमेत रहेका मन्त्री पन्तले परिषद्को ऐनका दफाहरूलाई समेत छेडखानी गरी पत्र थमाएपछि प्रतिशोधपूर्ण निर्णय गरेको आरोप लागेको छ । उनले सदस्य विश्वनाथ ओझा, रामकुमार यादव र शैलन्द्रमोहन झालाई बर्खास्तीको पत्र थमाएका हुन्। […]
भक्तपुरमा निसान गाडीको ठक्करबाट सिन्धुपाल्चोकका एक युवकको निधन
भक्तपुर । भनपा-९ ब्रह्मायणी चाेकमा निसान गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सिन्धुपाल्चोकको बाह्रविसे-८ स्थायी घर भई हाल भनपा-९ ब्रह्मायणी बस्ने वर्ष ३४ सुनिल कार्की रहेका छन् । करिब सबा ४ बजे बा.प्र.०१-००६ ख ६६८४ नं. को निशान गाडीले हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई […]
हनुमन्ते खोलामा नेपाली सेनाका हवल्दारको शव फेला
भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे १ बजेको समयमा शव फेला परेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक दत्ताराम अधिकारीको कमान्डमा खटिएको प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी करिब ३ बजेको समयमा शवलाई पोस्टमार्टमका लागि दुवाकोट स्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा पठाइएको जिल्ला प्रहरी […]
एलिसाको सौन्दर्यको भग्नावशेष सार्वजनिक
काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह सौन्दर्यको भग्नावशेष सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले कृतिको विमोचन गरे। अधिकारीका अनुसार एलिसाका कविताले जीवन र जगतका सत्यलाई सहज रूपमा अभिव्यक्त गरेका छन्। डा. नवराज लम्सालले कवितामा सपना, रहर मात्र नभई अवसाद र असन्तुष्टिका बीच अघि बढ्ने सजगता भेटिन्छ […]
कैलाली कारागार घटनाबारे छलफल गर्न कानुन समितिले बोलायो गृहमन्त्री
काठमाडौँ । कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको घटनाबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । बुधबार बिहान १० बजे बस्ने बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको हो । कारागारमा कैदीबन्दीको दुई समूहबिच भएको झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ […]









