काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले काठमाडौंको बागमती नदी किनार बस्दै आएका भूमिहीन सुकुम्बासीलाई बाढीबाट जोगाउनका लागि हटाउन खोजेको बताएका छन्। झापा-५ मा चुनावी अभियानका क्रममा बालेनले मंगलबार बिहान त्यहाँका भूमिहीन सुकुम्बासीसँग भेटेका थिए। त्यस विषयमा त्यहाँका सुकुम्बासी परिवारहरूले बालेनसँग काठमाडौं महानगरपालिकामा मेयर हुँदा सुकुम्बासी बस्ती हटाउन खोजेको विषयमा प्रश्न […]
फ्लास न्यूज
कुनै एक सरकारी कागजात देखाएर मतदान गर्न पाइने
काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ । निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा यस्तो उल्लेख छ । मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो । […]
सुन तोलामा ३७ सयले बढ्यो, कति छ चाँदीको भाउ ?
काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ । आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले […]
अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्नेछ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो जानकारी दिएका हुन् । उनका अनुसार भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्न सहमति जनाएको छ । साथै […]
एकाबिहानै रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् । आज मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल […]
आजको मौसम : यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक बादल लागेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम मुख्यतया सफा […]
रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखिएको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको पेसी ‘हेर्न नभ्याउने’ सूचीमा राखिएको हो । युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटको सुनुवाइ हुन लागेको हो […]
रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट अग्राधिकारमा राखेर सुनुवाइ गरिने
काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटलाई अग्राधिकार दिएर माघ २१ गते सुनुवाइको लागि पेशी तोक्न आदेश दिएको छ । साेमबार चौधरीको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त मुद्दालाई अग्राधिकार राखेर आउँदो माघ २१ गते सुनुवाइका लागि पेसी तोक्न आदेश भएको छ । […]
एक महिनामा भित्रियो दुई खर्ब रेमिटेन्स, नाघ्यो १० खर्ब
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिना (साउनदेखि पुस) सम्ममा रेमिटेन्स १० खर्ब नाघेको छ। पुस एक महिनामा मात्रै एक खर्ब ९० अर्ब रेमिटेन्स भित्रिएको हो। मंसिरसम्ममा आठ खर्ब ७० अर्ब रेमिटेन्स भित्रिएकोमा पुससम्मका कुल १० खर्ब ६२ अर्ब रूपैयाँ पुगको हो। गत आर्थिक वर्ष २०८१-८२ यही अवधिमा भने सात खर्ब ६४ अर्ब रूपैयाँ […]
निपाह भाइरसको जोखिम न्यून रहे पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निपाह भाइरसको जोखिम न्यून रहे पनि सतर्क रहन अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सतर्क रहन अनुरोध गरेको हो । हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएको तथा स्वास्थ्य तथा स्वास्थ्य निकायहरू जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले सबैलाई आतंकित नहुन तथा आफू र […]











