माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गरेको थियो । सोही अनुसार, राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको सचिवालयले जानकारी गराएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस […]

भ्रष्टाचार नियन्त्रण गर्न यस्तो छ गगन थापाको ८ बुँदे संकल्प

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा राज्यप्रति निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि आठबुँदे संकल्प गरेका छन् । विकासको गति अवरुद्ध हुनु, सार्वजनिक सेवामा नागरिकको भरोसा कमजोर हुनु र राज्यप्रति नै निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार नै रहेको महामन्त्री थापाको निष्कर्ष छ । उनले भ्रष्टाचारको आरोप लागेका कुनै पनि तहका […]

विश्वप्रकाशले प्रस्ताव गरेको ७ बुँदे सुशासन एजेन्डामा के छ ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुशासनमा हामी कहाँ कहाँ चुक्यौं र त्यसलाई कसरी सुधार गर्ने भन्नेबारे सातबुँदे प्रस्ताव गरेका छन्। दोस्रो विशेष महाधिवेशनको सोमबार जारी बन्दसत्रमा पेस गरेको राजनीतिक प्रस्तावमा महामन्त्री शर्माले राज्यका विभिन्न निकायहरूमा व्याप्त कुशासनका प्रवृत्ति औंल्याउँदै त्यसलाई सुधार गर्ने उपाय प्रस्ताव गरेका हुन्। यसमा विभिन्न संवैधानिक आयोगको नियुक्तिदेखि विकास निर्माणमा देखिएका समस्यासमेत […]

नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसमा पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा पेश राजनीतिक प्रस्तावमा पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन)को व्यवस्था गरिने उल्लेख छ । ‘पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन) को व्यवस्था गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्यबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने प्रणाली लागू […]

उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा १७ जनाको नाम हाल्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग भएसँगै उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने तयारी गरेको छ । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार जेनजी प्रदर्शनका क्रममा एउटा खुट्टा गुमाएका राजेश पोर्तेल अध्यक्ष रहेको राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने गरी छलफल भएको जानकारी दिए । उनका अनुसार […]

आफू निकट नेताहरुसंग ३ बजे छलफल गर्दै देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन् । केन्द्रीय सदस्यसहित आफू निकट नेताहरूलाई छलफलमा बोलाएको देउवा निकट कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक नेताले जानकारी गराए । छलफल ३ बजेबाट देउवा निवासमा हुने ती नेताको भनाइ छ । कांग्रेसमा ५६ प्रतिशत नेताहरूको उपस्थितिमा विशेष महाधिवेशन भइरहेको छ । महामन्त्री गगनकुमार थापा र […]

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी । बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा तीनै जना पुरुष रहेको र सनाखत हुन बाँकी रहेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले […]

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित, नयाँ नेतृत्व चयन गर्ने बाटो खुल्यो

काठमाडौं । नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ । पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन र नयाँ नेतृत्व चयनको वैधानिक बाटो खुला गरेको हो । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्द सत्रबाट सोमबार पारित उक्त कार्यविधिअनुसार २०७८ साल […]

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको […]

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन् । प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो […]