फेरि बढ्यो सुनको मूल्य, अब तोलाकै २ लाख साढे ७६ हजार

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेको छ । सुनको मूल्य तोलामै २ लाख ७६ हजार रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । सो मूल्य पनि सोमबारसम्मकै रेकर्ड […]

कांग्रेस विशेष महाधिवेशनले भंग गर्‍यो निर्वाचन समिति, सीतारामको नेतृत्वमा नयाँ गठन

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो । यसअघिको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो । समितिको […]

देउवाले बोलाएको कांग्रेस केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन पक्ष सहभागी नहुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष आजको केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएको छ। आज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको केन्द्रीय समिति बैठकमा आफूहरू सहभागी नहुने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए। विशेष महाधिवेशनको बन्द सत्रमा कार्यविधि नै पारित भइसकेको अवस्था रहेको र आज पनि बन्द सत्र चल्ने भएकोले आफूहरू […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली […]

कांग्रेस विवाद : गगन- विश्व र देउवा-शेखरले बनाएको वार्ता समितिबीच छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ। वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल रहेका छन्। खाण र लेखक […]

नेकपाका केन्द्रीय सदस्यहरूको शपथग्रहण आज

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूले आज शपथ लिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको छ । एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् । कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने बताइएको छ । नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ […]

विशेष महाधिवेशन पक्षले भन्यो- समापनसम्म सभापति हलमा नआए हामी अघि बढ्छौं

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले सभापति शेरबहादुर देउवा भोलिसम्म हलमा आउने दाबी गरेका छन्। सोमबारको बन्द सत्र सकिएपछि आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षका नेता मनोजमणि आचार्यले भोलि विशेष महाधिवेशनको समापनसम्म पार्टी नेतृत्व आउने दाबी गरेका हुन्। ‘महाधिवेशनको समापनसम्म कांग्रेस नेतृत्व आउँछ, आउनुपर्छ। शेरबहादुर दाइ आउनुहुन्छ। पूर्णबहादुर दाइ आउनुपर्छ, आउनुहुन्छ,’ उनले भने, ‘ […]

संस्थापन पक्षले बोलायो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । भोलि बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने […]

केराउ, सुपारी र मरिचको आयात खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले केराउ, सुपारी र मरिचको आयात खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई आवश्यक कच्चा पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न आर्थिक वर्ष २०८२/०८३ का लागि यी वस्तुको पैठारी खुला गर्ने निर्णय गरेको हो । निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै मन्त्रालयले २०८२ पुस […]

उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिले अर्को निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा स्पष्ट पारेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर्ता गराउनु अघि राजीनामा दिइराख्नु पर्दैन। तर, उम्मेदवारी दर्ता भएपछि भने उनीहरूको त्यस्तो पद स्वतः गुम्नेछ। आयोगका […]