चाँगुनारायणमा ‘एभोकाडो सिटी’ अभियानले राष्ट्रिय संदेश दिएको छ : पूर्वप्रधानमन्त्री प्रचण्ड

भक्तपुर । चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ अभियानले सामुहिक एकताको राष्ट्रिय संदेश दिएको पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शुक्रवार चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियानको तीन वर्षे घोषित कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नागरिकस्तरबाट पनि ठुला अभियान सफल पार्न सकिन्छ भन्ने उदाहरण अभियानले प्रस्तुत […]

नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् । ललितपुरमा आज आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरूमाथि सरकारले निगरानी बढाइरहेको बताए । नेपालमा हुने कारोबार नेपालको कानुनअन्तर्गत नै हुनुपर्ने उनको भनाइ छ । मेटा लगायतका […]

वामदेव एकीकृत समाजवादीका तेस्रो वरीयताका नेता, थपिए उनी पक्षका १२ केन्द्रीय सदस्य

काठमाडौँ । वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) को तेस्रो वरीयताका नेता बनेका छन्। पार्टीका उपमहासचिव एवम् प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले गौतमलाई तेस्रो वरीयतासहित १२ जना नेता केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ। एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा मिसिएका डिबी कार्कीलाई पोलिटब्युरो सदस्य बनाइएको छ। त्यस्तै, वामदेव पत्नी तुलसी थापा पोलिटब्युरो […]

ठमेलमा झगडा गर्ने सानुभाइ र क्लब ओम्नियाका सञ्चालकविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ठमेल क्षेत्रमा गुन्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त सोह्रखुट्टेले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चार जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता हुनेहरूमा नुवाकोट घर भएका सानुभाइ भनिने युवराज गुरुङ, दिलकुमार तुम्बापो र रवीन्द्र […]

टप एण्ड टी-२० सिरिज : नेपालले आज एनटी स्ट्राइकसँग खेल्दै

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने एनटीको कप्तानमा जेक वेदराल्ड छन् । एनटी […]

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल […]

तराईबाट दक्षिणतर्फ सर्दै मनसुनको न्यून चापीय रेखा, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाको भनाइ छ । आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली […]

पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस काठमाडौस्थित दूतावासमा उत्साहपूर्वक सम्पन्न

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा “मार्का-ए-हक” विजयको उत्सवका साथ पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस दूतावास परिसरमा झण्डा फहराउने समारोह गर्दै मनाइएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले पाकिस्तानी समुदायका सदस्य, पाकिस्तानप्रति सुभेक्षा राख्ने नेपाली प्रतिनिधि तथा दूतावासका अधिकारी र उनीहरूको परिवारको उपस्थितिमा बिहीबार  राष्ट्रिय झण्डा फहराएका छन् । यस वर्षको उत्सवमा पाकिस्तानले हालै सैन्य र […]

भरत ताल बनाउनु भयो भारी, मेयरलाई ८ वर्ष कैद र १० करोड जरिबाना

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै बिशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबाना निर्धारण गरेको छ । २१ साउनमा विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो । विशेष अदालतले बिहीबार थापा, […]

कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मा

काठमाडौँ । कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी लीलाप्रसाद शर्मालाई दिइएको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार शर्मालाई उक्त जिम्मेवारी दिइएको हो। यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि विभागमा उक्त पद रिक्त रहेको थियो। पछिल्लो समय कारागारभित्र देखिएको विवादका कारण तत्कालीन महानिर्देशकलाई हटाइएको बताइएको छ। तर नव नियुक्त महानिर्देशक […]