काठमाडौँ । नेकपा एमालेका नेताद्वय गोकुल बास्कोटा र शेरबहादुर तामाङबिच आरोप प्रत्यारोप भएको छ । तामाङ सार्वजनिक रूपमा आफूमाथि जाइलागेको भन्दै सामाजिक सञ्जालमार्फत बास्कोटाले आक्रोश पोखेका हुन् ।
उनले भनेका छन्– ‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारि फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लागेछन। म तपाईँ जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन । ‘
बास्कोटाले तामाङ पटक पटक पार्टी नै फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र भएको समेत उल्लेख गरेका छन् । ०३८ यताका इतिहास हेरे पनि यस विषय प्रस्ट हुने उनको दाबी छ ।








