साउन २९, भक्तपुर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ। विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई सम्मान गर्दै, मन्त्री पौडेलले आफ्नो कार्ययोजनामा अङ्गदान केन्द्र स्थापनाको विषयलाई समेटिएको जानकारी दिनुभयो। उहाँले सातवटै प्रदेशमा केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन गर्ने योजना […]
फ्लास न्यूज
हसिना बिरुद्ध बंगलादेशको अदालतमा पहिलाे मुद्धा, स्वदेश फर्किए पक्राउ पर्न सक्ने
काठमाडौ , २९ साउन । यहाँको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्धा दर्ता गरिदिएको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो। अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई […]
पेरिस ओलम्पिक आज रातीबाट अन्त्य हुदै
काठमाडौ । पेरिस ओलम्पिक २०२४ आजवाट अन्त्य हुन लागेको छ । नेपाली समय समय अनुसार सो समापन समारोह आज राति १२ः४५ वाट सुरु हुनेछ । पेरिस ओलम्पिकको समापन समारोह उत्तरी पेरिसको स्टेड डे फ्रान्समा हुने भएको छ। प्रशंसकहरूले यसको लाइभ स्ट्रिमिङ निःशुल्क हेर्न सक्षम हुनेछन्। टिभीको कुरा गर्ने हो भने स्पोर्ट्स १८ च्यानलमा प्रसारण […]
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
काठमाडौँ । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् । अध्ययन […]
उपराष्ट्रपति यादवसँग पाकिस्तानी राजदुत हाश्मीको शिष्टाचार भेट, यस्तो छ कुरा
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् । बिहीबारबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तरराष्ट्रिय फोरममा सहयोग लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उपराष्ट्रपति […]
वरिष्ठ साधकहरु अभिनन्दित र सम्मानित हुँदै
२०८१ साउन २४, काठमाडौं । साहित्यिक पत्रकार सङ्घबाट ७ विशिष्ट साधकलाई “सापस विशिष्ट सर्जक सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ । अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भूषाल, रामबाबु सुवेदी र डा. दुवसु क्षेत्री रहेका छन् । यसैगरी सर्जक देवीभक्त श्रेष्ठलाई सापस विशेष सर्जक/ अभियन्ता सम्मान, साहित्यकार सविता श्रेष्ठ […]
व्यथित काव्य सम्मानबाट कविहरु मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने
२०८१ साउन २२, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई “व्यथित काव्य सम्मान- २०८१” प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले “व्यथित काव्य डायस्पोरा सम्मान- २०८१” कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गर्ने भएको छ । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिस […]
नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहिन बनेको थियो । हेलिकप्टरमा क्याप्टेनसहित चार जना विदेशी सवार रहेको बताइएको छ । प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु […]
निष्क्रिय सार्कलाई नयाँ जीवन दिनुपर्ने पाकिस्तानी राजदूतको जोड
काठमाडौँ, २१ साउन २०८१ । नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच हास्मीले दक्षिण एसियाको समृद्धिका निम्ति दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई नवजीवन दिनुपर्नेमा जोड दिएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा उनले आपसी एकता र सहयोग कायम गर्दै क्षेत्रीय सहयोगको माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर उठाउने उद्देश्यका साथ स्थापना भएको सार्कलाई निष्क्रिय बनाउन […]
बङ्गलादेशकी प्रधानमन्त्रीले छोडिन् देश, निवासमा लुटपाट
न्यूजकारखाना । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् । बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’तर्फ लागेकी छन् । मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनले आफ्नी बहिनीलाई साथमा लिएर देश […]











