न्यूजकारखाना, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा ११ जना भारतीय पक्राउ परेका छन्। प्रहरीले मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलबाट भारतीयहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घर भाडामा लिएर जुवा खेलाउने र क्रिप्टो करेन्सी कारोबार गरेको पाइएपछि भारतीयलाई […]
फ्लास न्यूज
गाडी ब्याक गर्ने क्रममा गयो आफ्नै छोरीको ज्यान
काभ्रे । काभ्रेको बनेपा-४ त्रिवेणी चोकमा रहेको शुभकामना सप्लायर्स (गिटि वालुवा डिपो) भित्र बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान गाडी ब्याक गर्ने क्रममा एक बालिकाको ज्यान गएको छ । सोहि गाडि चालक जिल्ला सिन्धुली गोलान्जोर गा.पा. १ घर भइ हाल जिल्ला काभ्रे बेनपा न.पा. ४ बस्ने वर्ष ३० को सरोज बरालको छोरी अन्दाजी वर्ष […]
अस्पताल संचालक डा साह पक्राउ
सञ्जय मिश्रा, रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई उनको हस्पिटलबाट केही बेर अघि पक्राउ गरेको […]
कुलमानलाई हटाइएको बिरोधमा संसद अवरोध
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा विपक्षी दलहरूले संसद्मा अवरोध गरेका छन्। पुरस्कृत गर्नुगर्ने कर्मचारीलाई दण्डित गरेको उनीहरूले दावी गरे । बुधबार बैठकको सुरुमै सबै दलहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए। पूर्व उर्जा मन्त्री समेत रहेका बस्नेतले प्राधिकरण बिचौलियाको हातमा […]
३ लाख १६ हजार बढी छन् कम्पनी, पौने दुई लाखले बुझाएनन् विवरण
काठमाडौ । कम्पनी रजिष्ट्रारको कार्यालयले साधारण सभा, घाटा, नाफा लगायतका विवरण पेश नगर्ने कम्पनीहरुको संख्या उच्च रहेको बताएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कार्यालयमा दर्ता भएका १ लाख ७३ हजार ७५ वटा कम्पनीले वार्षिक साधारण सभा मुनाफा बाँडफाँट लगायतका विवरणहरु पेश गरेका छैनन् । कार्यालयममा हालसम्म ३ लाख १६ हजार २ सय २२ वटा […]
सिकन्दरमा सेन्सरको कैची
न्यूजकारखाना, मुम्बई । सलमान खान र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘सिकन्दर’ को रिलिजको प्रतिक्षा भइरहेको छ । तर, सेन्सर बोर्डले फिल्म सिकन्दर माथी कैची लगाउँदै केही बिषयमा प्रतिबन्ध लगाएको खबर आइरहेको छ । यस फिल्मबाट केही शब्दहरू हटाउन भनिएको छ र फिल्मको चल्ने समय पनि खुलाएको छ। एक रिपोर्टका अनुसार फिल्म ‘सिकन्दर’ मा ‘गृहमन्त्री’ लाई ‘होम’ […]
सम्पत्ति छानबिन आन्दोलन चलाउने बहुमतको उद्घोष
काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री लगायत राज्यका उच्च पदस्थहरुको सम्पत्ति छानबिनको माग राख्दै नेकपा(बहुमत)ले आन्दोलन चलाउने उद्घोष गरेको छ । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीको ३ नम्बर ब्यूरो इन्चार्ज एवं पूर्व जनमुक्ति सेनाका कमान्डर उदयबहादुर चलाउने दिपकले माग सम्बोधन नगरे सरकारलाई अप्ठ्यारो पर्ने चेतावनी समेत दिए । ब्यूरो इन्चार्ज चलाउनेले […]
प्रधानमन्त्री कप क्रिकेटकाे फाइनलमा पुग्यो पुलिस
काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशमाथि सानदार जित निकाल्दै पुलिस फाइनलमा पुगेको हो । मंगलबार सम्पन्न खेलमा पुलिसले कर्णालीलाई ४४ रनले हरायो। पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो। तर, १४८ रनको लक्ष्य पछ्याएको कर्णालीले २४ ओभरमा सबै विकेट […]
जनताले अहिले नै चौरासी गर्न लागिसके : सांसद बाँस्कोटा
नेकपा एमालेका नेता एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनीकाे राजमार्ग अन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको बताएका छन् । मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भए पनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यङ्ग्य गरे । उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरू […]
महानगर र स्वास्थ्य मन्त्रालयबीच सहकार्य, वीरमा महिलाको नि:शुल्क जाँच
काठमाडौ । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ । स्वास्थ्य […]











