आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने जानकारी दिए । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् । सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले […]

सरकार सहमतिबाट पछि हटेको भन्दै नेपाल शिक्षक महासंघले दियो आन्दोलनको चेतावनी

काठमाडौँ । नेपाल नेपाल शिक्षक महासंघले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ। महासंघले विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारी मैत्री प्रावधानहरू समावेश नगर्न खोजिएको आरोप लगाएको छ। महासंघले अघिल्ला ८९ दिने आन्दोलन र त्यसपछि भएका समझौता सम्झाउँदै सरकारले प्रतिबद्धता उल्लङ्घन गरेकोप्रति गम्भीर आपत्ति जनाएको हो। विशेषगरी, वैशाख १७ गते राज्य पक्ष […]

आजको मौसम : कहाँ-कहाँ छ धेरै वर्षाको सम्भावना ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली […]

सभामुख घिमिरे भन्छन्, “युवाले संसद बुझ्न आवश्यक छ”

भक्तपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवाले संसदप्रतिको चासो र समझदारी बढाउनु आवश्यक रहेको बताएका छन्। कानुन बनाउने थलो संसदप्रति युवाको चासो बढेमा देशमा पारदर्शिता, जवाफदेहिता र सुशासन सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको उनले बताए । राष्ट्रिय युवा परिषद्को आयोजनामा असार २५ गतेदेखि सुरु भएको ‘नमुना युवा संसद–२०८२’ को समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले […]

सर्लाहीबाट आएको हायसमा लागूऔषध फेला, चारजना पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल–९ स्थित बीपी राजमार्गमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। सर्लाहीबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३-००१ ज ०७७३ नम्बरको हायस गाडी चेकजाँचका क्रममा प्रहरी टोलीले गाडीको छतमा लुकाई राखिएको अवस्थामा २० हजार ९ सय ४० क्याप्सुल Tramadol, २ हजार ९ सय ५० ट्याबलेट नाइट्राजेपाम, Diazepam, Buprenorphine र Phenergan गरी ५३/५३ एम्पुल इन्जेक्सन बरामद […]

यस्तो छ काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको […]

अब साउन १ गतेदेखि सरकारी निकायले चेक काट्न नपाउने

काठमाडौँ । सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो । यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको […]

माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ, सरकारको उपलब्धि घुसकाण्ड मात्र भएको आरोप

REKHA SHARMA

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिमा घुसको डिल गरेको आरोप लागेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले तत्काल छानबिन गर्न माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै माओवादी केन्द्रकी सांसद रेखा शर्माले मन्त्री गुप्ताको नाम जोडिएको घुस प्रकरणबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने बताइन् । उनले […]

बाटोमा स्पष्टीकरण दिदैँ प्रधानमन्त्री भन्छन्, “स्पेनमा मान्छे छोड्यो भन्नेलाई जवाफ दिनु जरुरी छैन”

KP sharma oli

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुटा र आधारहीन प्रचार गरिएको बताएका छन् । उनले “स्पेनमा मान्छे छाडेर आयो” भन्ने जस्ता हल्ला केही विरोधी र अराजक तत्वबाट फैलाइएको दाबी गर्दै यस्ता कुराको जवाफ दिन आवश्यक नरहेको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका […]

स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद […]